२५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घट्यो, केही मूल्य घट्ने
काठमाडौं – सरकारले हिजो प्रस्तुत गरेको बजेटमार्फत २५० देखि ४०० सीसी...
काठमाडौ - प्रसिद्ध ब्रान्ड येज्दी बाइकको नेपाली बजारमा बिक्री सुरु भएको छ।
क्लासिक लिजेन्डका येज्दी मोटरसाइकल अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले आइतबारदेखि नेपाली बजारमा बिक्री सुरु गरेको जनाएको छ। कम्पनीले आफ्नो शोरुममा एक कार्यक्रमको आयोजना गरी उक्त बाइकको बिक्री सुरु भएको जानकारी दिएको छ।
क्लासिक डिजाइनका मोटरसाइकलका सौखिनलाई लक्ष्य गर्दै नेपाली बजारमा उक्त ब्रान्ड थप गरिएको कम्पनीले जनाएको छ। अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले आफुहरु चारपाङ्ग्रेमा मात्र अफरोडर किङ नभइ अब यसले बाइकमा पनि अफरोड किङ हुन सहज हुने बताए।
उनले यो भारतमा पनि राम्रो रुचाइएको र नेपालमा पनि त्यसरी नै ग्राहकहरुले यसलाई रुचाउनेमा आफुहरु आस्वस्त रहेको बताए।
भारतमा उत्पादित येज्दीका हालका लागि ३ वटा मोडल नेपाली बजारमा ल्याइएको छ। जसमा एड्भेन्चर, रोडस्टर र स्क्रयाम्बलर गरी तीन मोडलको बिक्री सुरु भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार रोडस्टार मोटरसाइकलको मूल्य ९ लाख १६ हजार रुपैयाँदेखि ९ लाख २५ हजार रुपैयाँसम्म छ। त्यस्तै, स्क्रयाम्बलरको मूल्य ९ लाख ४८ हजारदेखि ९ लाख ५६ हजार रुपैयाँसम्म छ।
त्यसैगरी, एड्भेन्चरको मूल्य ९ लाख ९६ हजारदेखि ९ लाख ९८ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ।
येज्दी रोडस्टारमा ३३४ सीसी इन्जिन प्रयोग गरेको छ । सो इन्जिन जावा बाइकमा समेत प्रयोग गरिन्छ । रोडस्टरमा रहेको सिंगल सिलिन्डर लिक्विड कुल्ड युनिटले २९.७ पीएस आउटपुट र २९ एनएम टर्क जेनेरेट गर्छ ।
येज्दी स्क्र्याम्बलरमा ३३४ सीसी सिंगल सिलिन्डर ४ स्ट्रोक लिक्विड कूल्ड डीओएचसी युनिट प्रयोग गरिएको छ ।
येज्दी एड्भेन्चर बाइकमा एलईडी हेडलाइट युनिट, एलसीडी डिजिटल डिस्प्ले दिइएको छ । यस बाइकमा ३३४ सीसी सिंगल सिलिन्डर ४–स्ट्रोक लिक्विड कुल्ड डीओएचसी इन्जिन जडान गरिएको छ, जसले ३०.२ पीएस पावर र २९.९ एनएम टर्क जेनेरेट गर्छ ।
काठमाडौं – सरकारले हिजो प्रस्तुत गरेको बजेटमार्फत २५० देखि ४०० सीसी...
क्लासिक लेजेन्ड्सले आफ्नो चर्चित एडभेन्चर बाइक येज्दी एडभेन्चरको नयाँ...
काठमाडौं – नेपाली बजारमा येज्दी मोटरसाइकलको बुकिङ औपचारिक रुपमा खुलेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...