२.२२ लिटर पेट्रोल खपतमा १०० किलोमिटर माइलेज दिने जिलीको नयाँ हाइब्रिड सिस्टम
जिलीले आफ्नो नयाँ–पुस्ताको आई–एचईभी ‘इन्टेलिजेन्ट इनर्जी’ हाइब्रिड...
नेपालमा हाल प्रदेश अनुसार सवारी साधनको कर तोकिएको छ । लुम्बिनी प्रदेशले पनि त्यसै अनुसार करको दर निर्धारण गरेको छ ।
लुम्बिनी प्रदेशमा मोटरसाइकल तथा स्कुटरको वार्षिक कर २५०० देखि २० हजार रुपैयाँसम्म रहेको छ। यसमा १२५ सीसीसम्मको लागि २५००, १२६ सीसीदेखि २५० सीसीसम्मको लागि ४५००, २५१ सीसीदेखि ४०० सीसीसम्मको लागि ९५०० र ४०० सीसीभन्दा माथि २० हजार रुपैयाँ रहेको छ।
यो प्रदेशमा भने निजी विद्युतीय सवारीसाधानको समेत वार्षिक कर तिर्नुपर्छ। लुम्बिनी प्रदेशका यातायात व्यवस्था कार्यालयमा विद्युतीय मोटरसाइकल दर्ता भएको भएपनि गत आर्थिक वर्ष सम्म कर तिर्न परको थिएन । मणिग्राममा रहेको यातायात व्यवस्था कार्यालयमा गत आर्थिक वर्ष २०७७/७८ मा १ सय २० वटा दुई चक्के विद्युतीय सवारी साधन दर्ता भएका छन्। त्यस मध्ये केही मोटरसाइकल र धेरै स्कुटर रहेका छन्। तर हाल चालु आर्थिक वर्ष देखि भने विद्युतीय सवारीमा पनि कर लागू गरिएको हो ।
विद्युतीय मोटरसाइकल तथा स्कुटर ३५० वाटदेखि १००० वाटसम्म १५००, १००१ वाटदेखि १५०० वाटसम्म २००० र १५०१ वाटभन्दा माथि ३००० रुपैयाँ तिर्नुपर्छ।
यसैगरी कार, जिप, भ्यान र माइक्रोबस १००० सीसी क्षमतासम्म २० हजार, १००१ सीसीदेखि १५०० सीसीसम्म २२ हजार, १५०१ सीसीदेखि २००० सीसीसम्म २५ हजार रुपैयाँ वार्षिक कर तर्नुपर्छ।
यसैगरी २००१ सीसीदेखि २५०० सीसीसम्मका सवारीले ३४ हजार, २५०१ सीसीदेखि २९०० सीसीसम्म ३९ हजार र २९०१ सीसीभन्दा माथिका सवारीले ५५ हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ।
यस्तै विद्युतीय कार, जीप, भ्यान र माइक्रोबस ५० किलोवाटदेखि १२५ किलोवाट क्षमतासम्मको १५ हजार, १२६ किलोवाटदेखि २२५ किलोवाटसम्मको लागि २० हजार र २२६ किलोवाटभन्दा माथि सबैले ३० हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ।
जिलीले आफ्नो नयाँ–पुस्ताको आई–एचईभी ‘इन्टेलिजेन्ट इनर्जी’ हाइब्रिड...
काठमाडौं – नेपालका लागि डोङफेङ नामी र भिगो ईभीको आधिकारिक वितरक एमएडब्लु...
काठमाडौं – भारतीय बजारमा केही समय अघि मात्र लन्च भएको इलेक्ट्रिक बाइक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...