भित्रियो उच्च ग्राउन्ड क्लियरेन्सको नयाँ ईभी ब्रान्ड नेपालमा, यस्तो छ फिचर र मूल्य
काठमाडौं – नेपाली बजारमा नयाँ चिनियाँ इलेक्ट्रिक कार ब्रान्ड ‘एलएस अटो’...
नेपालमा हाल प्रदेश अनुसार सवारी साधनको कर तोकिएको छ । लुम्बिनी प्रदेशले पनि त्यसै अनुसार करको दर निर्धारण गरेको छ ।
लुम्बिनी प्रदेशमा मोटरसाइकल तथा स्कुटरको वार्षिक कर २५०० देखि २० हजार रुपैयाँसम्म रहेको छ। यसमा १२५ सीसीसम्मको लागि २५००, १२६ सीसीदेखि २५० सीसीसम्मको लागि ४५००, २५१ सीसीदेखि ४०० सीसीसम्मको लागि ९५०० र ४०० सीसीभन्दा माथि २० हजार रुपैयाँ रहेको छ।
यो प्रदेशमा भने निजी विद्युतीय सवारीसाधानको समेत वार्षिक कर तिर्नुपर्छ। लुम्बिनी प्रदेशका यातायात व्यवस्था कार्यालयमा विद्युतीय मोटरसाइकल दर्ता भएको भएपनि गत आर्थिक वर्ष सम्म कर तिर्न परको थिएन । मणिग्राममा रहेको यातायात व्यवस्था कार्यालयमा गत आर्थिक वर्ष २०७७/७८ मा १ सय २० वटा दुई चक्के विद्युतीय सवारी साधन दर्ता भएका छन्। त्यस मध्ये केही मोटरसाइकल र धेरै स्कुटर रहेका छन्। तर हाल चालु आर्थिक वर्ष देखि भने विद्युतीय सवारीमा पनि कर लागू गरिएको हो ।
विद्युतीय मोटरसाइकल तथा स्कुटर ३५० वाटदेखि १००० वाटसम्म १५००, १००१ वाटदेखि १५०० वाटसम्म २००० र १५०१ वाटभन्दा माथि ३००० रुपैयाँ तिर्नुपर्छ।
यसैगरी कार, जिप, भ्यान र माइक्रोबस १००० सीसी क्षमतासम्म २० हजार, १००१ सीसीदेखि १५०० सीसीसम्म २२ हजार, १५०१ सीसीदेखि २००० सीसीसम्म २५ हजार रुपैयाँ वार्षिक कर तर्नुपर्छ।
यसैगरी २००१ सीसीदेखि २५०० सीसीसम्मका सवारीले ३४ हजार, २५०१ सीसीदेखि २९०० सीसीसम्म ३९ हजार र २९०१ सीसीभन्दा माथिका सवारीले ५५ हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ।
यस्तै विद्युतीय कार, जीप, भ्यान र माइक्रोबस ५० किलोवाटदेखि १२५ किलोवाट क्षमतासम्मको १५ हजार, १२६ किलोवाटदेखि २२५ किलोवाटसम्मको लागि २० हजार र २२६ किलोवाटभन्दा माथि सबैले ३० हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ।
काठमाडौं – नेपाली बजारमा नयाँ चिनियाँ इलेक्ट्रिक कार ब्रान्ड ‘एलएस अटो’...
काठमाडौं– विश्वको अग्रणी ईभी ब्याट्री निर्माता सीएटीएलले नयाँ ब्याट्री...
आर्थिक बर्ष २०७८।०७९ को बजेटले नेपालमा चारपांग्रे सवारी साधनको बजारलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...