पल्सर २२०एफ : कुन वर्षमा कति थियो मूल्य ?

बजाजको पल्सर २२०एफ नेपाली बजारमा निकै नै रुचाइएको बाइक हो । हाल यो बाइक नन–एबीएस र एबीएस गरी दुई भर्सनमा उपलब्ध छ । दुई भर्सनको मूल्य क्रमशः ३ लाख ३० हजार र ३ लाख ६५ हजार रुपैयाँ छ ।

नेपाली बजारमा करिब ११ वर्ष पहिले २०६७ साल मंसिरमा यो बाइकको मूल्य २ लाख ३९ हजार ९ सय अर्थात करिब २ लाख ४० हजार रुपैयाँ थियो । त्यतिबेला यसमा एबीएस भर्सन थिएन । यो भर्सन पछि मात्र उपलब्ध भएको हो ।

यो बाइकको मूल्य २०६८ असोजमा २ लाख ४४ हजार, २०७१ असोजमा २ लाख ६५ हजार र २०७२ भाद्रमा २ लाख ६८ हजार रुपैयाँ थियो भने २०७३ असोजमा २ लाख ८० हजार रुपैयाँ थियो ।

२०७६ साउनमा यो बाइकको मूल्य ३ लाख १५ हजार रुपैयाँ थियो भने हाल यसको मूल्य नन–एबीएस र एबीएस गरी दुई भर्सनमा क्रमशः ३ लाख ३० हजार र ३ लाख ६५ हजार रुपैयाँ तोकिएको छ ।

बजाजका बाइक हाल नेपालमै एसेम्बल हुने गरेका छन् । अन्य बाइक जस्तै पल्सर २२०एफ युवा पुस्ताका बीच अत्यन्तै लोकप्रिय छ ।

२० सीसी इन्जिनयुक्त यो बाइकको इन्जिनले २०।९३ पीएस पावर र १८।५५ एनएम टर्क जेनेरेट गर्छ । ५–स्पिड ट्रान्समिसनयुक्त यो मोटरसाइकलले ४० किलोमिटर प्रतिलिटरको माइलेज दिने बताइएको छ । एबीएस सहितको यो मोटरसाइकलमा डाइनामिक डिजाइन, न्यु टेक्स्चर्ड स्प्लिट सिट, आकर्षक टेललाइट, हाफ–फेयर्ड डिजाइन र डीटीएसआई इन्जिन लगायतका विभिन्न फिचर उपलब्ध छन् ।

सीट हाइट ७९५ एमएम रहेको पल्सर २२० को कुल तौल १५५ किलोग्राम रहेको छ भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । १५ लिटर क्षमताको इन्धन ट्यांकी रहेको यो बाइक अहिले पनि ‘भ्यालु फर मनी’को रुपमा परिचित रहेको छ ।

सम्बन्धित समाचारहरू

बजाजका १४ मोटरसाइकल भयो महंगो, ८ महिनामै ३ पटक मूल्य बृद्धि

बजाजका १४ मोटरसाइकल भयो महंगो, ८ महिनामै ३ पटक मूल्य बृद्धि

बजाजले १४ मोडलका मोटरसाइकलको मूल्य वृद्धि गरेको छ । नेपालका लागि आधिकारिक...

२५० सीसीको पल्सर अब आकर्षक निलो कलरमा

२५० सीसीको पल्सर अब आकर्षक निलो कलरमा

बजाजले केही समय पहिले भारतीय बजारमा सार्वजनिक गरेको २५० सीसीको पल्सर अब...

तयार हुँदै पल्सर आरएस ४००, यस्तो हुनेछ विशेषता

तयार हुँदै पल्सर आरएस ४००, यस्तो हुनेछ विशेषता

काठमाडौं– बजाजले भारतमा हालै बिक्री सुरु गरेको सबैभन्दा शक्तिशाली पल्सर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...