नाडा अटो शोमा यी सवारी ब्रान्डको सहभागिता हुने, टाइटल स्पोन्सर टाटा.ईभी
काठमाडौं – दुई दशकभन्दा बढीको आफ्नो निरन्तरतालाई कायम राख्दै नाडा...
अंग्रेजी वर्ष २०२२ अन्ततः हामीबाट बिदा भएको छ । विभिन्न उतारचढाव झेलेको यो वर्ष अटोमोबाइल व्यवसायीका लागि भने कुनै पनि कोणबाट सन्तोषजनक देखिएन । वर्षको झन्डै ९ महिनासम्म कम्वस्चन इन्जिनयुक्त कार, जिप र भ्यानको साथै १५० सीसी माथिका मोटरसाइकल आयात हुन नपाएपछि सवारी बजारमात्र प्रभावित बनेन, राष्ट्र बैंकले गरेको कडाई र आर्थिक मन्दीका कारण स्पेयर पार्ट्स व्यवसायमा समेत ठूलै धक्का लाग्यो ।
कम्वस्चन इन्जिनयुक्त गाडीमा आयात प्रतिबन्ध लागेपनि इलेक्ट्रिक कारमा भने सरकार उदार देखिएका कारण यस्ता गाडीको बिक्रीले भने नयाँ रेकर्ड हासिल गरेको छ । यो वर्ष २ हजार ५०० हाराहारी इलेक्ट्रिक कार नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष यो संख्या १ हजार ५०० हाराहारीमा रहेको थियो । बजेटमा १०० किलोवाट माथिका मोटर जडित यस्ता कारमा लाग्दै आएकोे भन्सार र अन्तःशुल्क दर भारी मात्राले बढेपछि यो सेग्मेन्टका कारको मूल्य मात्र आकासिएन साथसाथै आयात समेत नराम्रोसँग प्रभावित वन्यो । जसका कारण बजेटअघि सर्बाधिक संख्यामा बिक्री हुँदै आएको एमजी ब्रान्डले हालसम्म नयाँ कार आयात गर्न सकिरहेको छैन ।
इलेक्ट्रिक कारको आयात वृद्धि हुँदा कम्वस्चन इन्जिनयुक्त गाडीको आयातमा भने भारी परिमाणले गिरावट आएको छ । अघिल्लो वर्ष २० हजार भन्दा बढी यस्ता गाडी आयात भएकोमा यो वर्ष जम्माजम्मी ६ हजार हाराहारीमात्र गाडी आयात भए । आयात रोकिएपछि लामो समयसम्म शोरुममा नयाँ गाडी देख्न पाइएन भने अटोलोनमा बैंक तथा वित्तीय संस्थाले गरेको कडाइका कारण मौज्दातमा रहेका गाडीको बिक्री समेत प्रभावित बन्यो ।
वर्ष २०२२ मा नयाँ इलेक्ट्रिक कारको आयातमा भने बहार नै आयो । यो वर्ष नेक्सनको डार्क एडिसन, नेटा भी, बीवाईडी एट्टो ३, हुन्डाई आयोनिक ५ एवं कोना ईभीको फेसलिफ्ट तथा हेनरी र वुलिङ ब्रान्डका मिनी ईभी नेपाल भित्रिए । अन्य केही ब्रान्ड समेत नेपाल भित्रिने टुंगो यसै वर्ष लाग्यो ।
कम्वस्चन इन्जिनयुक्त कार, जिप र भ्यानको साथै १५० सीसी माथिका मोटरसाइकल आयात हुन नपाएपछि सवारी बजारमात्र प्रभावित बनेन, राष्ट्र बैंकले गरेको कडाई र आर्थिक मन्दीका कारण स्पेयर पार्ट्स व्यवसायमा समेत ठूलै धक्का लाग्यो ।
टु ह्विलरतर्फको बिक्री ६५ प्रतिशतले कम हुँदा अधिकांश ब्रान्डको कारोबार प्रभावित वन्यो । १५० सीसी माथिका मोटरसाइकलमा प्रतिबन्ध लागेका कारण ९ महिनासम्म यो सेग्मेन्टका बाइक आयात हुन पाएनन् । जसका कारण यो सेग्मेन्टको मात्र मोटरसाइकल आयात गरी कारोबार गर्दै आइरहेका रोयल इन्फिल्ड, बीएमडब्ल्यु, जावा, सीएफ मोटो र केटीएम जस्ता ब्रान्ड सबैभन्दा बढी मर्कामा परे ।
बजारमा तरलता अभावका कारण आयात नरोकिए पनि होन्डा, बजाज, यामाहा, टीभीएस र हिरो जस्ता धेरै संख्यामा बिक्री हुने ब्रान्डको बिक्रीमा उल्लेख्य ह्रास आयो । बजेटमा एसेम्बल उद्योगलाई विभिन्न छुट र सहुलियतको घोषणा गरिएका कारण धेरै ब्रान्डका टु ह्विलरले नेपालमै एसेम्वल उद्योग लगाउन रुचि देखाए ।
स्पेयर पार्ट्स आयातमा शतप्रतिशतसम्मको नगद मार्जिन राख्नुपर्ने व्यवस्थाको साथै यस्ता सामानको आयातमा प्रवाह हुने कर्जामा बैंकले कडाई गरेपछि यो क्षेत्रको कारोबार समेत प्रभावित वन्यो । यसले अवैध बाटोमार्फत आउने स्पेयर पार्ट्सको बिगबिगी बढायो भने वैधानिक बाटो हुँदै आउने सामानको मूल्य वृद्धि भयो । यो वर्ष स्पेयर पार्ट्सको बिक्री ५० प्रतिशतभन्दा बढीले कम भएको व्यवसायीहरुले बताउने गरेका छन् ।
समग्र अटोमोबाइल क्षेत्रकै कारोबार प्रभावित वनेपछि यो क्षेत्रमा लगानी गर्ने साना तथा ठूला व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नु प-यो । यसको प्रभाव स्वरुप देशका झन्डै ५० भन्दा बढी शोरुम बन्द भए भने हजारौ श्रमिकले रोजगारी गुमाउनु प¥यो । साथै केही साना व्यवसायी यो क्षेत्रबाट पलायन नै हुनुप-यो ।
अटोमोबाइल क्षेत्रमा राज्य र राष्ट्र बैंकले गरेको कडाईका विरुद्धमा व्यवसायीहरु देशव्यापी आन्दोलमा उत्रिए । जसको नेतृत्व नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरिरहेको छ । आन्दोलन चर्किदै गएपछि पुस १ गतेबाट लागू हुनेगरी आयात प्रतिबन्ध हटेपनि राष्ट्र बैंकसँग सम्बन्धित अन्य मागहरु सम्बोधन नभएको भन्दै उनीहरु आन्दोलित बनिरहे । यद्यपि हाल नयाँ अर्थमन्त्री विष्णु पौडेलले माग सम्वोधन गर्ने आश्वासन दिएपछि उक्त आन्दोलन स्थगित भएको छ ।
काठमाडौं – दुई दशकभन्दा बढीको आफ्नो निरन्तरतालाई कायम राख्दै नाडा...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आज सम्पन्न...
काठमाडौं– तीन वर्ष पश्चात सवारी साधनको कुम्भ मेला मानिने नाडा अटो शो आगामी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...