एक लाख ७६ हजार लाइसेन्स वितरण गर्न ६ महिना लाग्ने

भक्तपुर–यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमति पत्र (लाइसेन्स) छ महिनाभित्र वितरण गर्ने योजना बनाएको छ ।

कार्यालयले मङ्गलबारदेखि सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५ का केही सवारी अनुमति पत्र (लाइसेन्स) वितरण सुरु गरेको र बिहीबारसम्म जम्मा तीन हजार सवारी अनुमति पत्र वितरण गरेको कार्यालयका सूचना अधिकारी जीवन बस्नेतले जानकारी दिए । अझै एक लाख सवारीपत्र छपाइ भएर आउन बाँकी रहेको उनले बताए ।

उनले भने, “मङ्गलबारदेखि लाइसेन्स वितरण सुरु गरेका छौँ, पहिलो दिन ८०० वितरण ग¥यौँ, दोस्रो दिन र तेस्रो दिनसम्म गरेर तीन हजार वितरण ग¥यौँ, आठ जना कर्मचारी लाइसेन्स वितरणमा ९ः०० बजेदेखि ५ः०० बजेसम्म खटिँदा पनि एक हजारभन्दा बढी वितरण गर्न सकिँदैन, यही अवस्थामा सबै लाइसेन्स वितरण गर्न छ महिना समय लाग्छ ।”

सरकारले पठाएको लाइसेन्स लिन दैनिक भीड नगर्न सेवाग्राहीलाई आग्रह गर्दै उनले लाइसेन्सको बिलदेखि मोबाइल एप्स प्रयोग गरेर लाइसेन्स देखाउन सकिने बताउन सकिने भएकाले भीड नगरी विस्तारै आइदिन सेवाग्राहीलाई आग्रह गरे ।

कार्यालयले सवारी अनुमति पत्र वितरण सुरु गरेपछि चार वर्षदेखि लाइसेन्स लिन कुरिरहेका सेवाग्राहीको कार्यालयमा भीड बढेको छ । बिहान ७ः०० बजेदेखि नै कार्यालय अगाडि सेवाग्राहीको भीड लागेपछि कार्यालयले बिहान ९ः०० बजे कार्यालय खुल्ने बित्तिकै सवारी अनुमति पत्र वितरण गर्ने गरेको बस्नेतले जानकारी दिए । रासस

सम्बन्धित समाचारहरू

ड्राइभिङ लाइसेन्स बनाउनु छ ? यसरी दिनुहोस् अनलाइन आवेदन

ड्राइभिङ लाइसेन्स बनाउनु छ ? यसरी दिनुहोस् अनलाइन आवेदन

यातायात व्यवस्था विभागले हाल अनलाइन रुपमै ड्राइभिङ लाइसेन्सका लागि आवेदन...

बागमती प्रदेशमा अब ७० अंक ल्याए ड्राइभिङ लाइसेन्स पाइने, मन्त्रालयले लेख्यो पत्र

बागमती प्रदेशमा अब ७० अंक ल्याए ड्राइभिङ लाइसेन्स पाइने, मन्त्रालयले लेख्यो पत्र

काठमाडौं – बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र अर्थात ड्राइभिङ...

यस्तो हुँदैछ :आज बायोमेट्रिक, भोलि लिखित परीक्षा तथा पर्सी ट्रायल

यस्तो हुँदैछ :आज बायोमेट्रिक, भोलि लिखित परीक्षा तथा पर्सी ट्रायल

काठमाडौं – तपाईँ नयाँ चालक अनुमति पत्र (लाइसेन्स) लिने चाहनामा हुनुहुन्छ ?...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...