यामाहा नेपाल र डिलर नेटवर्कको साझा यात्रा, थाइल्यान्डमा ‘ब्लु सर्ज’ सम्मेलन सुरु
काठमाडौं–यामाहा नेपालको आयोजनामा जुलाई २७ देखि ३१ सम्म थाइल्याण्डको...
काठमाडौं–यामाहाले भारतीय बजारमा आफ्ना लोकप्रिय स्पोट्र्स मोटरसाइकल आर–१५ भी४ र एमटी–१५ भर्सन २.० को मोन्स्टर इनर्जी मोटोजीपी एडिशन पुनः सार्वजनिक गरेको छ । यसका साथै कम्पनीले एफजेड सिरिज अन्तर्गतका एफजेड–एस एफआई हाइब्रिड र एफजेड–एस एफआई स्ट्यान्डर्ड मोडलमा नयाँ कलर अप्सन पनि थपेको छ ।
यी नयाँ संस्करणको मुख्य आकर्षणका रुपमा यामाहाको फ्याक्ट्री रेसिङ मोटरसाइकलबाट प्रेरित रेसिङ शैलीको नयाँ डिजाइनलाई लिइएको छ । बाहिरी डिजाइन र आवरणबाहेक मोटरसाइकलको इन्जिन, च्यासिस तथा अन्य प्राविधिक फिचरहरू भने स्ट्यान्डर्ड मोडलसरह नै राखिएका छन् ।
एफजेड सिरिजतर्फ कम्पनीले एफजेड–एस एफआई हाइब्रिडमा नयाँ ‘आइस स्टर्म’ र एफजेड–एस एफआई स्ट्यान्डर्डमा ‘मेटालिक ब्ल्याक’ रङ उपलब्ध गराएको छ, जसले मोटरसाइकललाई थप स्पोर्टी र प्रिमियम लुक्स प्रदान गर्छ । यी मोडलहरूमा पनि कुनै मेकानिकल परिवर्तन गरिएको छैन ।
मूल्यका हिसाबले नयाँ आर–१५ भी४ मोन्स्टर इनर्जी मोटोजीपीको १ लाख ७६ हजार ५० भारु र एमटी–१५ भर्सन २.० मोटोजीपी संस्करणको १ लाख ७७ हजार २३० भारतीय रुपैयाँ तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...