यामाहाले ग-यो चौथो पुस्ताको एमटी ०७ बाइकको ग्लोबल लन्च

यामाहाले नयाँ पुस्ताको एमटी ०७ बाइक ल्याएको छ । चौथो जेनेरेसनको सो बाइकमा कम्पनीले धेरै उत्कृष्ट फिचर प्रदान गरेको छ । साथै बाइकको तौल पनि घटाइएको छ । नयाँ पुस्ताको बाइक स्टिल च्यासिसमा बनेको छ । नयाँ प्रविधिका कारण मोटरसाइकलको तौल ४.५ केजीले बढेको छ ।

कम्पनीले सो बाइकमा ६९० सीसीको प्यारालल ट्विन इन्जिन उपलब्ध गराएको छ, जसले ७२.४ बीएचपीको पावर र ६६.८८ एनएमको टर्क उत्पादन गर्छ । बाइकमा राइड बाइ वायर टेक्नोलोजी दिइएको छ, जसमा सवारीका लागि ३ मोड उपलब्ध छ । यसमा ६ स्पिड गियरबक्स दिइएको छ ।

यामाहाको नयाँ पुस्ताको एमटी–०७ बाइकमा नयाँ डिजाइन गरिएको बाई फङ्सनल एलईडी लाइट, स्मार्ट फोन कनेक्टिभिटी, नेभिगेसन, डिजिटल डिस्प्ले, १४ लिटरको फ्युल ट्याङ्की, ४ पिस्टन ब्रेक क्यालिपर, युएसडी फोर्क र पछाडि मोनोसक सस्पेन्सन, यामाहा राइड कन्ट्रोल, अटो क्यान्सिलिङ टर्न इन्डिकेटर, ईएसएस जस्ता फिचर प्रदान गरिएको छ ।

सो बाइकको हाल ग्लोबल लन्च गरिएको हो । भारतमा समेत यो बाइक आइपुगेको छैन र नेपालमा पनि उपलब्ध छैन । सो बाइक जनवरी २०२५ मा हुने भारत मोबिलिटी २०२५ मा प्रदर्शन हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नक्सालमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो ब्लु स्क्वायर शोरुम

नक्सालमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो ब्लु स्क्वायर शोरुम

काठमाडौ – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता...

यामाहाले लन्च ग-यो रेट्रो लुक भएको १२५ सीसी स्कुटर

यामाहाले लन्च ग-यो रेट्रो लुक भएको १२५ सीसी स्कुटर

यामाहाले रेट्रो लुक भएको १२५ सीसी फेजियो स्कुटर लन्च गरेको छ । सो स्कुटरको...

२ लाख ७२ हजारमा यामाहाको १५० सिसी वाइक, यस्तो छ पावर र फिचर

२ लाख ७२ हजारमा यामाहाको १५० सिसी वाइक, यस्तो छ पावर र फिचर

१५० सिसी सेग्मेन्टमा यामाहाले विभिन्न मोडलका मोटरसाइकल बिक्री गर्दै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...