भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’ सुरु, १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं – भृकुटीमण्डपमा यामाहाको ‘ब्लु फेस्ट’ सुरु भएको छ । यामाहाको...
काठमाडौं–यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट औपचारिक रूपमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘यामाहा ब्लु फेस्ट’ एक्सचेन्ज मेलाको अवसर पारेर कम्पनीले सो नयाँ मोटरसाइकल लन्च गरेको हो ।
हालै सम्पन्न नाडा अटो शोमा यस मोटरसाइकलको सफल डेब्युपछि एक्सएसआर परिवारमा अझ धेरै राइडरहरूलाई स्वागत गर्नका लागि यो नयाँ संस्करण लन्च गरिएको कम्पनीले जनाएको छ । यस मोटरसाइलको सुरुवाती मूल्य ५ लाख ३४ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।
नाडा अटो शोमा ६ दिनमै ४२८ युनिट बुकिङ हासिल गरेर बलियो बजार पकड बनाएको एक्सएसआर १५५ प्रति चाडपर्वको समयमा पनि ग्राहकहरूको आकर्षण निरन्तर बढिरहेको छ । ‘बिल्ट अन लेगेसी, ड्रिभन बाई पर्फर्मेन्स’ को दर्शनमा आधारित यस मोटरसाइकलले आकर्षक नियो–रेट्रो लुक्स, आफ्नै छुट्टै पहिचान र आधुनिक पर्फर्मेन्सलाई एकसाथ समेटेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले नाडा अटो शोमा एक्सएसआर १५५ को सुरुवातमा प्राप्त प्रतिक्रिया निकै उत्साहजनक रहेको बताए । ‘नाडा अटो शोमा ६ दिनमै ४२८ युनिट बुकिङ दर्ता भयो । चाडपर्वको मौसम सुरु भएसँगै ग्राहकहरूको रुचि निरन्तर बढ्दै गएको छ र थप कलर विकल्पहरूको माग पनि निरन्तर आइरहेको छ । ग्राहकहरूको यही माग पूरा गर्न र यो मोटरसाइकललाई अझ धेरै राइडरहरूको पहुँचमा पु¥याउन हामीले नयाँ ब्लु कलर उपलब्ध गराएका छौं । आगामी दिनमा नेपालमा थप कलर विकल्पहरू ल्याउन पनि हामी उत्सुक छौं’ उनले भने ।
भृकुटीमण्डपमा जारी एक्सचेन्ज मेला असोज १० गतेसम्म सञ्चालन हुने भएकाले, यामाहाले सम्पूर्ण राइडर तथा ग्राहकहरूलाई मेलामा उपस्थित भई भर्खरै सार्वजनिक गरिएको नयाँ ब्लु एक्सएसआर १५५ अवलोकन र टेस्ट राइड गर्न आमन्त्रण गरेको छ ।
साथै, अवलोकनकर्ताहरूले मेलाका बाँकी दिनहरूमा ५० भन्दा बढी भ्यालुएटरहरूबाट उत्कृष्ट मूल्याङ्कन प्राप्त गरी कुनै पनि ब्रान्डको पुरानो दुईपाङ्ग्रे सवारी साटेर नयाँ यामाहा लिन सक्नेछन् र विशेष चाडपर्व एक्सचेन्ज अफरहरूको फाइदा उठाउन सक्नेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...