खुला डर्ट ट्र्याक अनुभवका साथ यामाहा डब्लुआर १५५ आर नेपालमा सार्वजनिक

काठमाडौं – नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु राइड्स अन्तर्गतको यामाहा नेपालले अनरोड र अफरोड एडभेन्चरको लागि डिजाइन गरिएको बहुप्रतीक्षित अल्टिमेट डुअल पर्पोज मोटरसाइकल यामाहा डब्लुआर १५५ आर आधिकारिक रूपमा सार्वजनिक गरेको छ। धुलिखेलको डर्ट टेम्पलमा आयोजित एक कार्यक्रममा डर्ट ट्रयाक एक्सपिरियन्सका साथ सो बाइक सार्वजनिक गरिएको हो ।

कार्यक्रमकै दौरान यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले डब्लुआर १५५ आरका ग्राहकहरूलाई साँचो हस्तान्तरण गरे ।

राइडरहरूको अनुभवलाई अझ बढाउन यामाहाले सबै सहभागीहरूलाई आवश्यक अफरोड सवारी प्रविधिहरूसँग सुसज्जित गर्दै डर्ट राइडिङ तालिम पनि प्रदान ग¥यो। तालिमपछि सवारहरूले ओपन डर्ट ट्र्याकमा डब्लुआर १५५ आरको क्षमताहरूको पूर्ण अनुभव लिँदै रियल वर्ल्ड कण्डिसनमा आफ्नो सीप परीक्षण गर्ने अवसर समेत पाएका थिए।

यामाहा डब्लुआर १५५ आर बियोन्ड हिमालय
डब्लुआर १५५ आर अफरोड सवारीको रोमाञ्च खोज्नेहरुका लागि डिजाइन गरिएको डुअल पर्पोज सेगमेन्टको बाइक हो । यसमा यामाहाको उन्नत प्रविधिबाट तयार शक्तिशाली १५५ लिक्विड–कुल्ड, भीभीए इन्जिन छ र सबै भूभागहरूमा उत्कृष्ट पावर डेलिभरी सुनिश्चित गर्दछ।

त्यसैगरी यसमा अफरोड ट्रेलहरूमा उत्कृष्ट गतिशीलता र सहनशीलताको लागि डिजाइन गरिएको हल्का तौल र टिकाउ फ्रेम छ । उच्चकोटीको स्थिरता र नियन्त्रणको लागि टेलिस्कोपिक फ्रन्ट फोर्क र लिङ्क–टाइप रियर सस्पेन्सनले सुसज्जित लङ ट्राभल सस्पेन्सन छ भने चरम भूभाग र अवरोधहरू सजिलैसँग सामना गर्नको लागि उत्तम २४५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स र ठूलो २१ इन्च फ्रन्ट ह्विल ड्राइभ छ ।

अगाडि र पछाडिको डिस्क ब्रेकले चुनौतीपूर्ण परिस्थितिहरूमा पनि अधिकतम रोक्ने शक्ति सुनिश्चित गर्छ र उत्कृष्ट ब्रेकिङ प्रणाली प्रत्याभूत गर्छ ।

यामाहा डब्लुआर १५५ आर अब नेपालका यामाहा शोरूमहरूमा उपलब्ध भएको र यो ‘बियोन्ड हिमालय’ जान साहस गर्नेहरूका लागि तयार भएको यामाहा नेपालले जनाएको छ ।

सम्बन्धित समाचारहरू

बजाज डोमिनार पछि अब कुन कुन बाइकको मूल्य घट्ला ?

बजाज डोमिनार पछि अब कुन कुन बाइकको मूल्य घट्ला ?

सर्वसाधारणले चढ्ने मोटरसाइकलमा कर बढाइरहेको सरकारले यो पटक भने धनी वर्गले...

यामाहा एफजेड २५ मोन्स्टर इनर्जी मोटोजीपी एडिसन भारतमा लन्च, यस्तो छ मूल्य र फिचर

यामाहा एफजेड २५ मोन्स्टर इनर्जी मोटोजीपी एडिसन भारतमा लन्च, यस्तो छ मूल्य र फिचर

यामाहा मोटर इन्डियाको लोकप्रिय बाइक यामाहा एफजेड २५ को नयाँ एडिसन लन्च...

आर१५ भी४ को डेलिभरी प्रारम्भ : यस्तो छ फिचर र मूल्य

आर१५ भी४ को डेलिभरी प्रारम्भ : यस्तो छ फिचर र मूल्य

यामाहा मोटर इन्डियाले हालै नयाँ जेनेरेसनको वाईजेडएफ–आर१५ भी४.० बाइक लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...