यामाहाले ३ वर्षभित्र सवै डिलरसिपलाई ‘व्लु स्क्वायर फर्म्याट’मा रुपान्तरण गर्ने

यामाहाले भारतमा आफ्नो सवै डिलरलाई ३ वर्षभित्र‘व्लु स्क्वायर फर्म्याट’मा रुपान्तरण गर्ने जनाएको छ । हाल देशका ७३ वट डिलर यो फर्म्याटमा रुपान्तरण भैसकेको र यसको विस्तारलाई जारी राख्दै सन् २०२५ भित्र सवैलाई यो नयाँ अवधारणमा संचालन गर्ने उसको योजना छ ।

निलो कलर थिममा निर्माण गरिने यी सोरुम प्रिमियम स्तरको हुने र यसमा यामाहाको फ्ल्यागसिप मोडललाई विशेष तवरबाट बिक्री गरिनेछ । साथै यी सोरुमबाट एसेसोरिज र अन्य नयाँ उत्पादन समेत बिक्री गरिने बताइएको छ ।

हाल संचलानमा रहेको यी सोरुमबाट उसले एरोक्स म्याक्सी स्कुटर र आर१५ भी४ को मोटोजिपी भर्सनलाई बिक्री गर्दै आइरहेको छ । निकट भविष्यमै निर्माण थालिने तयारीमा रहेका इलेक्ट्रिक टु ह्विलर र विस्तारै अन्य साना सिसीका मोटरसाइकल तथा स्कुटरलाई पनि यहि सोरुमबाट बिक्री गर्ने उसको योजना छ ।

यो अवधारणको सोरुमलाई उसले विस्तारै अन्य राष्ट्रमा संचालित डिलरसिपमा समेत अनिबार्य गर्दै लाने बताएको छ । नेपालमा संचालित सोरुमहरु पनि याहामा इण्डियाको गाइडलाइन अनुसार निर्माण गरिँदै आइएकोमा यो नयाँ अवधारण छिट्टै यहाँ पनि आउने आँकलन गर्न सकिन्छ ।

यसो भएको खण्डामा हाल संचालनमा आइरहेका सोरुमको पनि सोही अबधारणमा रुपान्तरण हुनेछन् ।

सम्बन्धित समाचारहरू

गोङ्गबुमा यामाहाको नयाँ थ्री एस शोरुम, एउटै छाना मुनी सबै सेवा उपलब्ध हुने

गोङ्गबुमा यामाहाको नयाँ थ्री एस शोरुम, एउटै छाना मुनी सबै सेवा उपलब्ध हुने

काठमाडौं–यामाहा नेपालले काठमाडौंको गोङ्गबुमा नयाँ शोरुम विस्तार गरेको छ...

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...

यामाहाले ट्रेसर ब्रान्डमा एड्भेन्चर मोटरसाइकल ल्याउने

यामाहाले ट्रेसर ब्रान्डमा एड्भेन्चर मोटरसाइकल ल्याउने

यामाहाले भारतमा ट्रेसर नेमप्लेट पेटेन्ट गराएको छ । यामाहाले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...