सुपर लिगमा काठमाडौं रेजर्सको तयारी, विकेश कुथु मार्की प्लेयर र बाल गोपाल महर्जन मुख्य प्रशिक्षक
काठमाडौं – नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजना र एन्फाको प्राविधिक...
१५० सिसी सेग्मेन्टमा यामाहाले विभिन्न मोडलका मोटरसाइकल बिक्री गर्दै आइरहेको छ । प्रिमियम फिचरका कारण यामाहाका प्राय वाइक प्रतिस्पर्धी व्राण्डको तुलनामा केही महंगो हुने गरेको छ । तर यामाहाको नेपालका लागी आधिकारिक विक्रेता एमएडव्लू इन्टरप्राइजेजले १५० सिसीको एसजेड आरआरलाई निकै नै प्रतिस्पर्धी मूल्यमा बिक्री गरिरहेकको छ ।
बजारमा अहिले प्राय सवैजसो १५० सिसी वाइकको मूल्य ३ लाख भन्दा वढी नै पर्ने गरेकोमा कम्पनीले एसजेड आरआरलाई जम्मा २ लाख ७१ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको हो । मूल्य कम भएपनि यो वाइकको लुक्स तथा डिजाइन आकर्षक देखिन्छ भने पावर र पर्फमेन्सका सवालमा पनि त्यत्ति कमजोर रहेको पाइदैन ।
एसजेड आरआरमा यामाहाले एफजेड भी२ को १४९ सिसी सिंगल सिलिन्डर, ४–स्ट्रोक, एसओएचसी, २ भल्भ कार्वुरेटर इन्जिन दिएको छ । जसले १२.१ पिएस पावर र १२.८ एनएम टर्क जेनेरेट गर्ने सामाथ्र्य राख्छ । यो वाइकमा यामाहले एयर कूल्ड कुलिङ सिस्टम दिएको छ । वाइकलाई किक र इलेक्ट्रिक दुवै तरिकाले स्टार्ट गर्न सकिन्छ ।
५ स्पिड गियरवक्स भएको एसजेड आरआरलाई ११० किलोमिटर प्रति घन्टाको उच्चतम गतीमा हाँक्न सकिन्छ । यसको अगाडी चक्कामा डिस्क व्रेक दिइएको छ भने पछाडी ड्रम व्रेक पाउन सकिन्छ । अगाडी टेलिस्कोपिक फर्क उपलब्ध गराइएको एसजेड आरआरको पछाडी ट्नि शक सस्पेन्सन जडान गरिएको छ । यो वाइकको सिट हाइट ८०० एमएम रहेको छ भने ग्राउन्ड क्लिरियन्स १६५ एमएम छ । यसमा एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर पाउन सकिन्छ ।
काठमाडौं – नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजना र एन्फाको प्राविधिक...
यामाहाको बहुप्रतिक्षित इलेक्ट्रिक स्कुटर ई०१ को तस्बिर पहिलोपटक बाहिर...
यामाहाले रेट्रो लुक भएको १२५ सीसी फेजियो स्कुटर लन्च गरेको छ । सो स्कुटरको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...