२ लाख ७२ हजारमा यामाहाको १५० सिसी वाइक, यस्तो छ पावर र फिचर

१५० सिसी सेग्मेन्टमा यामाहाले विभिन्न मोडलका मोटरसाइकल बिक्री गर्दै आइरहेको छ । प्रिमियम फिचरका कारण यामाहाका प्राय वाइक प्रतिस्पर्धी व्राण्डको तुलनामा केही महंगो हुने गरेको छ । तर यामाहाको नेपालका लागी आधिकारिक विक्रेता एमएडव्लू इन्टरप्राइजेजले १५० सिसीको एसजेड आरआरलाई निकै नै प्रतिस्पर्धी मूल्यमा बिक्री गरिरहेकको छ ।

बजारमा अहिले प्राय सवैजसो १५० सिसी वाइकको मूल्य ३ लाख भन्दा वढी नै पर्ने गरेकोमा कम्पनीले एसजेड आरआरलाई जम्मा २ लाख ७१ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको हो । मूल्य कम भएपनि यो वाइकको लुक्स तथा डिजाइन आकर्षक देखिन्छ भने पावर र पर्फमेन्सका सवालमा पनि त्यत्ति कमजोर रहेको पाइदैन ।

एसजेड आरआरमा यामाहाले एफजेड भी२ को १४९ सिसी सिंगल सिलिन्डर, ४–स्ट्रोक, एसओएचसी, २ भल्भ कार्वुरेटर इन्जिन दिएको छ । जसले १२.१ पिएस पावर र १२.८ एनएम टर्क जेनेरेट गर्ने सामाथ्र्य राख्छ । यो वाइकमा यामाहले एयर कूल्ड कुलिङ सिस्टम दिएको छ । वाइकलाई किक र इलेक्ट्रिक दुवै तरिकाले स्टार्ट गर्न सकिन्छ ।

५ स्पिड गियरवक्स भएको एसजेड आरआरलाई ११० किलोमिटर प्रति घन्टाको उच्चतम गतीमा हाँक्न सकिन्छ । यसको अगाडी चक्कामा डिस्क व्रेक दिइएको छ भने पछाडी ड्रम व्रेक पाउन सकिन्छ । अगाडी टेलिस्कोपिक फर्क उपलब्ध गराइएको एसजेड आरआरको पछाडी ट्नि शक सस्पेन्सन जडान गरिएको छ । यो वाइकको सिट हाइट ८०० एमएम रहेको छ भने ग्राउन्ड क्लिरियन्स १६५ एमएम छ । यसमा एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा हरेक दिन ३ जनालाई ५० इन्चको स्मार्ट टिभी

यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा हरेक दिन ३ जनालाई ५० इन्चको स्मार्ट टिभी

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडव्लु...

यस्तो हुनेछ आर१५ भी४, स्पाई सट पश्चात आयो डिजाइन रेन्डरिङ

यस्तो हुनेछ आर१५ भी४, स्पाई सट पश्चात आयो डिजाइन रेन्डरिङ

भारतको गाजियाबादस्थित बजाजको फ्याक्ट्री नजिकै परीक्षण गरिरहेको अवस्थामा...

यामाहाले ल्यायो दशैं तिहार अफर, १ लाख सम्मको क्यास ब्याक र जापान भ्रमण सुविधा

यामाहाले ल्यायो दशैं तिहार अफर, १ लाख सम्मको क्यास ब्याक र जापान भ्रमण सुविधा

काठमाडौं– यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...