पप–कल्चर फेस्टिभलमा यामाहा सह–प्रायोजक, के–के छन् आकर्षण ?
काठमाडौं–यामाहा नेपाल देशकै सबैभन्दा ठूलो पप–कल्चर फेस्टिभलमा...
यामाहाले औपचारिक रुपमा युरोपेली बजारका लागि एक्सएसआर १२५ मोटरसाइकल सार्वजनिक गरेको छ । यो यामाहाको एक्सएसआर सिरिजको सबैभन्दा सानो मोटरसाइकल हो ।
पहिले युरोपेली बजारमा बिक्री गरिने यो मोटरसाइकल आर१२५ र एमटी१२५ प्लेटफर्ममा आधारित छ ।
एक्सएसआर १२५ मोटरसाइकल नियो रेट्रो स्टाइलिङ सहितको एवान कयाटागोरी मोडल हो । यसको लुक धेरै दक्षिण एसियाली देशहरुमा बिक्री गरिने एक्सएसआर १५५ जस्तै छ । यो मोटरसाइकलमा १२४ सीसीको लिक्विडकुल्ड, एसओएचसी इन्जिन छ, जसले १४.९५ पीएस पावर र ११.५ एनएम टर्क जेनेरेट गर्छ । युरोपमा एवान क्याटागोरी मोटरसाइकलमा उपलब्ध यो अधिकतम पावर हो । यसमा ६–स्पिड गियरबक्स छ ।
यो मोटरसाइकलमा प्रिमियम फिचरको रुपमा अपसाइड डाउन फ्रन्ट फोर्क्स, डेल्टाबक्स फ्रेम, ब्लक फ्रेम प्याटर्न टायर, १० स्पोक अलोय ह्विल आदि उपलब्ध छ । यसमा एलईडी टेलल्याम्प सहित सर्कुलर हेडल्याम्प छ । यसमा भएको सानो गोलाकार एलसीडी मिटरले बाइकलाई रेट्रो लुक प्रदान गरेको छ ।
यामाहाले रेडलाइन, इम्प्याक्ट येल्लो र टेक ब्ल्याक गरी तीन फंकी कलरमा यो मोटरसाइकल उपलब्ध गराएको छ । यसको मूल्य ४ हजार ४४५ युरो अर्थात करिव ८ लाख रुपैयाँ निर्धारण गरेको छ ।
युरो ५ मापदण्डयुक्त यो मोटरसाइकल नेपाली बजारमा भने भविष्यमा समेत आउने सम्भावना नहुन सक्छ । किनभने भारतीय वा नेपाली बजारका लागि यामाहाले एक्सएसआर मोडलबाट प्रभावित एफजेड–एक्स मोडल उपलब्ध गराउने छ ।
काठमाडौं–यामाहा नेपाल देशकै सबैभन्दा ठूलो पप–कल्चर फेस्टिभलमा...
नेपालमा यामाहाको फ्युल इन्जेक्सन(एफआई) प्रविधी जडित मोटरसाइकल तथा...
काठमाडौं– नेपालको टु–ह्विलर बजारमा स्थापित ब्रान्ड हो यामाहा । स्पोर्टी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...