एलईडी इन्डिकेटर र नयाँ आई–क्याचिङ पर्पल कलरमा आयो यामाहा आर३
यामाहाले प्रिमियम मोटरसाइकल आर३ को २०२३ मोडल सार्वजनिक गरेको छ । अन्य कुरा...
कुनै समयमा लोकप्रिय रहेको बाइक आरएक्स१०० यामाहाले फेरि बजारमा ल्याउने संकेत गरेको छ । यामाहा इन्डियाको टप पोजिसनमा रहेका एइशिन चिहानाले आइकनिक आरएक्स१०० लाई फेरि भारतीय बजारमा ल्याउने तयारी गरिरहेको बताए । यद्यपि उनले सो कार्य सन् २०२६ वा त्यो भन्दा पछि मात्र हुने कुरा समेत बताएका छन् ।
यामाहा आरएक्स१०० कुनै बेला भारतका साथै नेपाली बजारमा समेत लोकप्रिय थियो । उत्पादन बन्द भएको २६ वर्ष पश्चात पनि कतिपय सेकेन्ड ह्यान्ड र थर्ड ह्यान्ड बजारमा समेत यसको माग छ ।
कम्पनीले उही आरएक्स१०० नाममै वा अरु नाममा ल्याउने भन्ने वारेमा समेत अझै केही योजना छैन । कम्पनीले सन् २०२५ सम्मका लागि अन्य मोडलहरु ल्याउने तयारी गरिरहेको र त्यसपछि मात्र यस वारेमा योजना बन्ने चिहानाले बताए ।
यामाहा आरएक्स१०० को टु–स्ट्रोक साउन्ड र पावरलाई अझै पनि बाइक लभरहरुले एक प्रकारको ड्रिमको रुपमा लिन्छन् । उनीहरुले आफ्नो बाल्यकालमा बुवा काका वा अन्य साथीसँग यो बाइक चढेको सम्झनाको रुपमा समेत लिइरहेका हुन्छन् । कतिपयले यो बाइकको साउन्ड सपनामा सुनेको समेत बताउने गरेका छन् ।
यामाहाको यो बाइकको लोकप्रियताकै कारण उत्पादन बन्द भएको २६ वर्ष पश्चात पनि पार्ट्स उपलब्ध गराउदै आएको छ ।
आशा गरौ, कुनै दिन यो बाइक फेरि नयाँ अवतारमा बजारमा उपलब्ध हुनेछ ।
यामाहाले प्रिमियम मोटरसाइकल आर३ को २०२३ मोडल सार्वजनिक गरेको छ । अन्य कुरा...
काठमाडौं – विगत ९ वर्ष देखि हेल्मेटको मार्केटमा आफ्नो छुट्टै पहिचान...
काठमाडौँ – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...