रे–जीआर १२५ एफआईको नेपालमा एक बर्ष पूरा, नयाँ स्कुटर खरिद गर्दा स्मार्ट हेल्मेट उपहार
यामाहाको लोकप्रिय स्कुटर रे–जीआर १२५ एफआईको बिक्री प्रारम्भ भएको १ बर्ष...
यामाहाको आरएक्स१०० बाइक युवामाझ कुनै समय निकै लोकप्रिय बाइक थियो । स्पिडको मामिलामा सुपरबाइकसँग पनि प्रतिस्पर्धा गर्न सक्ने सो बाइक सेकेन्ड ह्यान्ड बाइक बिक्रेतासँग अझै पनि देख्न सकिन्छ ।
यामाहाले सो बाइक सन् १९८५ मा मात्र १९ हजार ७ सय भारु मूल्यमा लन्च गरेको थियो । त्यतिबेला यामाहा कम्पनीले सो बाइक जापानमा सार्वजनिक गरेको थियो । यामाहाले ईएस्कर्ट कम्पनीसँगको सहकार्यमा भारतमा यसलाई बिक्री गर्न थालेको थियो ।
यामाहा आरएक्स१०० बाइकले मात्र ७ सेकेन्डमा १०० किमीको स्पिड लिने क्षमता रहेको थियो । यो बाइकमा ९८ सीसी इन्जिन जडान गरिएको थियो । यसमा २ स्ट्रोक एयर कुल्ड इन्जिन छ । यसले ११ बीएचपीको पावरको साथमा १०.३९ एनएमको टर्क जेनेरेट गर्न सक्छ । ९० को दशकमा चोरी, लुटपाट आदि कार्यमा र चलचित्रमा यो बाइकको प्रयोग धेरै भयो ।
कम मूल्य र राम्रो फिचर भए पनि कम्पनीले सो बाइकको उत्पादन पछि भारतमा बन्द गरेको छ । यसको मुख्य कारण बाइकको उत्सर्जन मापदण्ड हो । सो बाइकको उत्सर्जन मापदण्ड भारतको नियम विपरीत भएको हुनाले भारतमा सो बाइक बन्द गर्नु परेको हो । तर कतिपयले यसको पिकअप र गतिका कारण प्रहरीले चोर समात्न नसकेको पनि बताउँछन् । पछि यामाहा कम्पनीले आरएक्स१३५ लन्च गरेको थियो ।
यामाहाको लोकप्रिय स्कुटर रे–जीआर १२५ एफआईको बिक्री प्रारम्भ भएको १ बर्ष...
यामाहाले मोटरसाइकलमा पनि पावर स्टेरिङ टेक्नोलोजीलाई प्रयोगमा ल्याउने...
पोखरा– यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडव्लू...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...