सकियो प्रतीक्षा : अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो यामाहा आर७ मोटरसाइकल
प्रतीक्षा सकिएको छ र यामाहाको नयाँ बाइक आर७ अन्तर्राष्ट्रिय बजारमा लन्च...
जापनिज टु ह्विलर निर्माता यामाहाले दुईवटा फ्यूल ट्यांक भएको नयाँ अफरोड एड्भेन्चर बाइक सार्बजनिक गरेको छ । हाल बजारमा कारोबार भैरहेको टेनरी ७०० लाई अपग्रेड गरेर उसले टेनरी ७०० वल्र्ड रेइड सार्बजनिक गरेको हो । यो नयाँ बाइकको दुबै साइडमा फ्यूल ट्यांक जडान गरिएको छ ।
लामो दुरीको यात्रामा सहजता प्रदान गर्न यसको दुइवटा फ्यूल ट्यांकमा २३ लिटर पेट्रोल अट्ने स्पेश दिइएको छ । जुन रेगुलर मोडलको तुलनामा ७ लिटरले बढी हो । एकपटक इन्धन भरेपछि यो बाइकले ५ सय किलोमिटरसम्मको यात्रा तय गर्ने जनाइएको छ ।
फ्यूल ट्यांक बाहेक यसको सस्पेन्सन, सिट र इन्स्ट्रमेन्ट कन्सोलमा समेत ब्यापक परिमार्जन गरिएको छ । यो नयाँ बाइकमा यामाहाले फ्रन्टमा ४३ एमएमको केवाईभी सस्पेन्सन र पछाडी पिग्गीब्याक सक दिएको छ । यी दुबै सस्पेन्सन र सकलाई राइडरले आफू अनुकुल एड्जस्ट गर्न सक्नेछन् । त्यसैगरी डुअल फ्यूल ट्याँकसंग म्याच गर्नेगरी फराकिलो प्रोफाइल सहितको ८९० एमएमको दुई वटा सिट दिइएको छ । जसमध्ये पछाडीको सिटलाई राइडरले आफू अनुकुल हटाएर लगेज राख्न सक्नेछन् । यसको अतिरिक्त यो बाइकमा ठूलो विन्डस्क्रिन र फुट रेस्ट, सुधार गरिएको रेडियटर ग्रिल, राम्रो इन्जिन गार्ड र नयाँ एयर बक्स दिइएको छ ।
यो बाइकमा थप गरिएको अर्को महत्वपूर्ण फिचर्स यसमा दिइएको इन्स्ट्रुमेन्ट कन्सोल हो । ५ इन्च कलर टिएफटी कन्सोलमा स्मार्टफोन कनेक्टिभिटी सुबिधा दिइएको छ । जहाँ म्यूजिक र नेभिगेसन कन्ट्रोलको सुबिधा भने उपलब्ध गराइएको छैन । यो बाइकमाा दिइएको एबिएसलाई राइडरले सडकको अबस्था र आफ्नो आबश्यकता अनुसार भिन्न ३ तरिकाले सेट गर्न सक्नेछन् ।
रेगुल मोडलमा उपलब्ध गराइएको ६८९ सिसी प्यारलल ट्विन सिपी२ इन्जिन जडान गरिएको यसले ७२.४ बिएचपी पावर र ६८ एनएम टर्क जेनेरेट गर्नेछ । तत्कालका लागी यो बाइक बेलायत र युरोपमा मात्र बिक्री गरिने जनाइएको छ । बेलायतमा यसको मुल्य ११ हजार ६ सय पाउन्ड निर्धारण गरिएको छ ।
प्रतीक्षा सकिएको छ र यामाहाको नयाँ बाइक आर७ अन्तर्राष्ट्रिय बजारमा लन्च...
काठमाडौं – प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा...
काठमाडौं – सेल्सवेरीले दशैं तिहारको अवसर पारेर यामाहासँगको सहकार्यमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...