यामाहाले भारतमा वाईजेडएफ-आर२ नाम दर्ता गर्‍यो, नयाँ सुपरस्पोर्ट बाइक आउने संकेत

यामाहाले भारतमा नयाँ सुपरस्पोर्ट मोटरसाइकल वाईजेडएफ-आर२ नाम ट्रेडमार्क आवेदन दिएको छ । सो सुपरस्पोर्ट बाइक लन्च भएमा यसलाई वाईजेडएफ-आर१५ र वाईजेडएफ-आर३ को बिचमा राखिनेछ ।

हाल भारतीय बजारमा यामाहाको सुपरस्पोर्ट लाइनअपमा स्पष्ट अन्तर देखिन्छ।  आर१५ बाइक १५५ सीसी इन्जिनसहित इन्ट्री–लेभल पर्फर्मेन्स बाइकका रूपमा स्थापित छ भने आर३ बाइक ३२१ सीसी ट्विन–सिलिन्डर इन्जिनसहित उच्च सेगमेन्टमा पर्छ । यस्तो अवस्थामा २०० सीसी भन्दा माथिको वाईजेडएफ-आर२ ले यी दुई मोडलबीचको दूरी भर्न सक्ने अपेक्षा गरिएको छ।

आर१५ यामाहाको सबैभन्दा बलियो मोडलमध्ये एक हो ।  सो बाइकमा १५५ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन समावेश छ, जसले १८.४ पीएस पावर र १४.२ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड गियरबक्स समावेश छ । कम्पनीले प्रत्येक महिना औसत ८ हजारदेखि १० हजार युनिट आर१५ बिक्री गर्दै आएको छ। आर३ मा ३२१ सीसी लिक्विड कुल्ड समानान्तर ट्विन इन्जिन प्रयोग गरिएको छ, जसले ४२ पीएस पावर र २९.५ एनएम टर्क दिन्छ ।

यदि वाईजेडएफ-आर२ लन्च भयो भने, यसले केटीएम आरसी २०० जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ । सुरुमा यामाहाले आर१५ सँगसँगै आर२ बिक्री गरी ग्राहकलाई थप विकल्प दिन सक्छ ।

हालका लागि यामाहाले वाईजेडएफ-आर२ बाइक ट्रेडमार्क दर्ताबाहेक कुनै आधिकारिक घोषणा गरेको छैन।

सम्बन्धित समाचारहरू

देशभरका सर्भिस सेन्टरमा विशेष अफर सहितको यामाहा मेगा सर्भिस क्याम्प

देशभरका सर्भिस सेन्टरमा विशेष अफर सहितको यामाहा मेगा सर्भिस क्याम्प

काठमाडौं – यामाहा नेपालले देशभरका सबै यामाहा सर्भिस सेन्टरहरूमा यामाहा...

भरतपुरमा खुल्यो यामाहाको नयाँ ब्लु स्क्वायर शोरुम

भरतपुरमा खुल्यो यामाहाको नयाँ ब्लु स्क्वायर शोरुम

चितवन – नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु...

बीएस६ भर्सनको यामाहा एमटी–१५ को बिक्री भोलिदेखि प्रारम्भ हुने, यस्तो छ मूल्य र फिचर

बीएस६ भर्सनको यामाहा एमटी–१५ को बिक्री भोलिदेखि प्रारम्भ हुने, यस्तो छ मूल्य र फिचर

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...