लाकुरी भञ्ज्याङको बाटोमा रे जेडआरले दियो ६१.४२ किमीको माइलेज, यसरी गरियो टेस्ट

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले आयोजना गरेको माइलेज च्यालेन्जमा उज्वला घिमिरे विजेता बनेकी छन् । सो च्यालेन्जमा सुमन महर्जन फर्स्ट रनर अप र सुनिल लम्साल सेकेन्ड रनर अप बने ।

यामाहाको बल्खु सोरुमबाट प्रारम्भ भएको सो माइलेज च्यालेन्जमा यामाहाको रे जेडआर १२५ एफआई स्कुटरको माइलेज टेस्ट गरिएको थियो । लाकुरी भञ्ज्याङको देउराली माउन्टेन रिसोर्ट सम्म पुग्दा करिव १८ किलोमिटरको दूरी पार गरेका करिव ३० स्कुटरको माइलेज टेस्ट गरिएको थियो ।

माइलेज टेस्टमा उज्वला घिमिरेले चलाएको स्कुटरले ६१.४२ किलोमिटर, सुमन महर्जनले चलाएको स्कुटरले ५८.९६ किलोमिटर र सुनिल लम्सालले चलाएको स्कुटरले ५७.६० किलोमिटरको माइलेज दिएको थियो ।

यामाहाको यो स्कुटरले ५८ किलोमिटर प्रतिलिटरको माइलेज दिने कम्पनीले आधिकारिक रुपमा दाबी गर्दै आएको छ । तर परीक्षणमा यो भन्दा पनि धेरै माइलेज दिएको पाइएको छ । यद्यपि केही समय पहिले गरिएको माइलेज टेस्टमा यही स्कुटरले ८० किलोमिटर सम्मको माइलेज समेत दिएको कम्पनीको दाबी छ । सडकको अवस्था, चलाउने व्यक्तिको व्यवहार, सडकमा हुने जाम र यस्तै विभिन्न कारणले पनि माइलेजमा फरक पर्छ । सो स्कुटरले यति धेरै माइलेज दिन्छ भन्ने कुरामा कतिपय ग्राहकहरु नै विश्वस्त नहुने भएकाले त्यसलाई प्रमाणित गर्नका लागि माइलेज च्यालेन्जको आयोजना गरिने कम्पनीको भनाइ छ । यसबाट ग्राहकसँग नियमित सम्पर्क पनि हुने र उनीहरुलाई मनोरञ्जनात्मक कार्यक्रममार्फत कम्पनीसँग जोडिरहन पनि यसले सहयोग गर्छ ।

यसरी गरिन्छ माइलेज टेस्ट
यामाहाका विभिन्न स्थानमा रहेका सोरुममार्फत माइलेज टेस्ट गरिन्छ । यसका लागि सोरुमहरुले बिक्री गरेका स्कुटरका ग्राहकहरुलाई आमन्त्रण गर्छन् । त्यसपछि दर्ता प्रक्रिया प्रारम्भ हुन्छ । ग्राहकहरुले आफूले चलाइरहेको स्कुटर नै माइलेज च्यालेन्जका लागि उपयोग गर्छन् ।

अब माइलेज च्यालेन्जका लागि स्टार्ट गर्नु भन्दा पहिले सबै स्कुटरलाई एउटै लेवलमा राखेर ‘फ्युल टपअप’ गरिन्छ । यसको अर्थ सबै स्कुटरमा बराबर लेवलमा इन्धन राखिन्छ । त्यसपछि ट्रिप मिटरलाई शून्यमा राखिन्छ ।

स्कुटर स्टार्ट गरेर विभिन्न दूरी पार गर्दै गन्तव्यमा पुगे पछि अब स्कुटरको माइलेज जाँच गरिन्छ । यसका लागि सबै स्कुटरलाई एउटै खालको सतहमा राखिन्छ । त्यसपछि अब कति इन्धन खपत भयो भनी जाँच गरिन्छ । यसका लागि एउटा भाडोमा निश्चित परिमाणको इन्धन राखिन्छ र त्यसलाई इन्धन ट्यांकीमा कति परिमाणमा हाल्दा पहिलेको लेवलमा पुग्यो भनी नापेर हेरिन्छ । यसका आधारमा कति इन्धन खपत भयो भन्ने थाहा पाउन सकिन्छ । त्यसपछि स्कुटरले पार गरेको दूरी पनि मापन गरिन्छ ।

यसरी खपत भएको इन्धन र पार गरेको दूरीका आधारमा माइलेज थाहा हुन्छ । उदाहरणको लागि २० किलोमिटर गुडेको छ र २ सय एमएल इन्धन खपत भयो भने एमएललाई लिटरमा रुपान्तर गरी त्यसले पार गरेको किलोमिटरलाई भाग गर्नु पर्छ । यहाँ २ सय एमएललाई लिटरमा रुपान्तरण गर्दा ०.२ हुन्छ । यसका आधारमा २० लाई ०.२ ले भाग गर्दा १०० हुन्छ । यसका आधारमा १०० किलोमिटर माइलेज भयो ।

रे जेडआर नै रोज्नुको कारण
यो स्कुटरले भारतमा ‘स्कुटर अफ द इयर २०२१’ को अवार्ड पाएको हो । यामाहा रे जेडआर एफआई स्कुटर धेरै माइलेज दिने स्कुटरको रुपमा समेत परिचित छ । यसमा १२५ सीसीको बीएस ६ मापदण्डयुक्त यामाहाको प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन रहेको जनाइएको छ । यसमा अंग्रेजी अक्षर ‘वाई’ आकारको एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्ट–अपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता आधुनिक र सुविधाजनक फिचर रहेको कम्पनीले जनाएको छ ।

रे जेडआर एफआई प्रविधिको स्कुटर हो । यसमा सेन्सर र एक्चुएटर जोडिएको हुन्छ । सेन्सर र एक्चुएटरकै कारण यसले बढी माइलेज दिने यामाहा नेपालका सर्भिस इन्जिनियर सरोज घिमिरेले बताए । सेन्सर र एक्चुएटरले वातावरणमा भएका विभिन्न अवस्थालाई ईसीयूमा पठाइरहेको हुन्छ । ईसीयूले त्यही अनुसार कति मात्रामा इन्धन पठाउने भनी निर्धारण गर्छ र आवश्यक मात्रामा मात्र इन्धन पठाउँछ । यसले गर्दा नै एफआई इन्जिनयुक्त मोटरसाइकल वा स्कुटरले धेरै माइलेज दिन्छ । कार्बुरेटर इन्जिनमा भने थ्रोटलको मात्रा अनुसार जति पनि इन्धन पठाउने गरिन्छ ।

त्यसैगरी यसमा भएको थ्रीएस स्विचले पनि माइलेज धेरै दिनमा भूमिका खेलेको हुन्छ । जाम भएको वा अन्य अवस्थामा यसको स्टार्ट आफै नै बन्द हुन्छ । ५ सेकेन्ड भन्दा बढी समय सम्म रोकियो भने यसमा भएको भल्वले थाहा पाउछ र इन्जिनमा पावर सप्लाई कट अफ हुन्छ । फेरि स्टार्ट गर्नु प¥यो भने थ्रोटल भल्वको प्रयोग गर्न सकिन्छ । यो बीचमा इन्जिन बन्द हुँदा पनि माइलेज बढाउनमा भूमिका खेल्छ ।

विद्युतीय स्कुटरको विकल्पमा प्रयोग गर्न सकिने
पछिल्लो समयमा नेपाली बजारमा इन्धनको मूल्य बढ्दै गएको छ । यो अवस्थामा धेरै स्कुटर प्रेमीहरुको ध्यान इलेक्ट्रिक स्कुटरतिर पनि जान थालेको छ । तर यति धेरै माइलेज दिने स्कुटर पाए पछि अन्य इलेक्ट्रिक स्कुटरको खोजी गर्नु नपर्ने यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले बताएको छ । यसका लागि यामाहा रे जेडआर १२५ एफआई मुख्य विकल्प भएको कम्पनीको भनाइ छ । हाल नेपाली बजारमा यामाहा रे जेडआर विभिन्न तीन भेरिएन्टमा उपलब्ध छ । रे जेडआर ड्रमको मूल्य २ लाख ४९ हजार ९ सय, डिस्कको मूल्य २ लाख ६५ हजार ९ सय र एसआरको मूल्य २ लाख ७५ हजार ९ सय रुपैयाँ छ ।

माइलेज च्यालेन्जको निरन्तरता
यामाहाले काठमाडौं उपत्यकाका साथै उपत्यका वाहिरका विभिन्न स्थानमा समय समयमा यस्ता माइलेज च्यालेन्जको आयोजना गर्दै आएको छ । यसरी च्यालेन्जमा सहभागी राइडरहरुलाई निश्चित गन्तव्यमा पु¥याई विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सहभागी गराउने गरेको छ । विजेताहरुलाई पुरस्कृत गर्नुका साथै सबै सहभागीहरुलाई गिफ्ट ह्याम्पर समेत दिने गरेको यामाहा नेपालले बताएको छ ।

सम्बन्धित समाचारहरू

३ बर्षभित्र बजार हिस्सा दोब्बरले बृद्धि गर्ने यामाहाको योजना

३ बर्षभित्र बजार हिस्सा दोब्बरले बृद्धि गर्ने यामाहाको योजना

यामाहा मोटर्स इण्डियाले सन् २०२५ सम्ममा भारतीय बजारमा आफ्नो हिस्सालाई...

नक्सालमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो ब्लु स्क्वायर शोरुम

नक्सालमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो ब्लु स्क्वायर शोरुम

काठमाडौ – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता...

यामाहाले ल्यायो दशैं तिहार अफर, १ लाख सम्मको क्यास ब्याक र जापान भ्रमण सुविधा

यामाहाले ल्यायो दशैं तिहार अफर, १ लाख सम्मको क्यास ब्याक र जापान भ्रमण सुविधा

काठमाडौं– यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...