यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड र काठमाडौं रेजर्सद्वारा ट्रफी टुर, स्कुटर र्‍याली र जर्सी अनावरण

काठमाडौं – काठमाडौं रेजर्सको टाइटल प्रायोजक यामाहा रे जेडआर १२५ एफआई हाइब्रिडले रोमाञ्चक ट्रफी टुर र स्कुटर -यालीको साथमा एनएसएल सिजन ३ को उत्साहजनक सुरुवात गरेको छ । कार्यक्रमले काठमाडौं रेजर्सको सिजन १ च्याम्पियनसिप जितलाई पनि सम्मान ग¥यो, जसले फ्यानहरूलाई उनीहरूको मनपर्ने टोली र खेलको नजिक ल्यायो।

नक्सालस्थित यामाहा ब्लु स्क्वायरबाट सुरु भएको ¥याली बसन्तपुर र काठमाडौँका प्रमुख स्थान हुँदै यामाहा ब्लु स्क्वायरमै आएर समापन भएको थियो। उत्साही राइडर, फ्यान र टिमका समर्थकहरू सामेल भएको भव्य -यालीमा फुटबलको स्पिरिट र यामाहाको नेपाली खेलकुदप्रतिको प्रतिबद्धता स्पष्ट तरिकाले प्रदर्शन भएको थियो।

¥यालीपश्चात् यामाहा ब्लु स्क्वायरमै यामाहाले एनएसएल सिजन ३ मा काठमाडौं रेजर्सको एनएसएल सिजन ३ को यात्राको सुरुवात गर्दै टिमको आधिकारिक जर्सी अनावरण गरेको थियो। अभिनेत्री प्रियंका कार्की, यामाहा रे जेडआर १२५ एफआईका ग्राहक र मिडियाको उपस्थितिमा गरिएको अनावरण कार्यक्रमले युवा संलग्नता, खेलकुद विकास र नवीनतालाई समर्थन गर्ने यामाहाको प्रतिबद्धतालाई अझ बलियो बनाएको कम्पनीको भनाइ छ।

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले ७१.३३ किलोमिटर प्रतिलिटर (एआरएआई–प्रमाणित) माइलेज र एड्भान्स हाइब्रिड प्रविधिको साथ नेपालमै उच्चतम माइलेज प्रदान गर्दछ। यसमा रियल–टाइम डायग्नोस्टिक्सको लागि ओबीडी–आईआई पनि छ जसले प्रत्येक राइड कुशल, भरपर्दो र पर्फर्मेन्स ड्रिभन भएको सुनिश्चित गर्दछ। मैदानमा काठमाडौं रेजर्सजस्तै, रे जेडआर हाइब्रिड पनि प्रदर्शन, दक्षता र विश्वसनीयताको लागि बनेको र यसले आफ्ना राइडरहरूको लागि असाधारण भ्यालु प्रदान गर्ने कम्पनीको भनाइ छ ।

एनएसएल सिजन ३ नजिकिँदै जाँदा यामाहा र काठमाडौं रेजर्स उत्साह, जोश र उच्चस्तरीय फुटबल एक्सनले भरिपूर्ण सिजनको लागि तयार भएको समेत बताइएको छ ।

एमएडब्लू अन्तर्गतको यामाहा नेपाल, आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिको लागि परिचित एक अग्रणी दुईपांग्रे ब्रान्ड हो। नेपालमा बलियो उपस्थिति भएको यामाहाले नवीन उत्पादन र असाधारण आफ्टर सेल्स सर्भिसको साथ निरन्तर बजारको नेतृत्व गरिरहेको छ।

ब्रान्डको गुणस्तर र ग्राहक सेवाप्रतिको प्रतिबद्धताका कारण प्रत्येक राइडरले निर्बाध र सुरक्षित राइड एक्सपिरियन्सको आनन्द लिने गरेको यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्सको भनाइ छ ।

सम्बन्धित समाचारहरू

यामाहाले ट्रेसर ब्रान्डमा एड्भेन्चर मोटरसाइकल ल्याउने

यामाहाले ट्रेसर ब्रान्डमा एड्भेन्चर मोटरसाइकल ल्याउने

यामाहाले भारतमा ट्रेसर नेमप्लेट पेटेन्ट गराएको छ । यामाहाले...

तपाईले स्कुटर चलाउने तरिका ठिक छ त ? यसरी भइरहेको छ गल्ती

तपाईले स्कुटर चलाउने तरिका ठिक छ त ? यसरी भइरहेको छ गल्ती

पुराना स्कुटरको युग सकिएपछि हाल नयाँ प्रविधियुक्त स्कुटरले आफ्नो छुट्टै...

विश्वको सबैभन्दा महंगो एम्बुलेन्स दुबईमा सार्बजनिक, मूल्य ४२ करोड २७ लाख माथी

विश्वको सबैभन्दा महंगो एम्बुलेन्स दुबईमा सार्बजनिक, मूल्य ४२ करोड २७ लाख माथी

बिलासी, महंगो र युनिक बिशेषता भएका कार प्रयोगका कारण चर्चामा आइरहने दुबईमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...