सकियो प्रतीक्षा : अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो यामाहा आर७ मोटरसाइकल

प्रतीक्षा सकिएको छ र यामाहाको नयाँ बाइक आर७ अन्तर्राष्ट्रिय बजारमा लन्च भएको छ । २०२२ वाईजेडएफ–आर७ यामाहाको नयाँ क्रुजरवेट सुपरस्पोर्ट बाइक हो । यामाहा आर६ बन्द हुने चर्चासँगै आर७ पनि यस्तै हुने अनुमान गरिएको थियो । बरु यो अझै स्लिकर र स्ट्रिमलाइन्ड छ ।

यो बाइकमा यामाहाकै एमटी–०७ को इन्जिन प्रयोग हुने पहिले नै अनुमान गरिएको थियो । बाइकमा प्रयोग गरिएको ६८९ सीसीको इन्जिनलले ७३ एचपी पावर र ६७ एनएम टर्क जेनेरेट गर्छ । यसको तौल कम गर्न र क्षमता बढाउनका लागि फोर्ग्ड आल्मुनियम पिस्टन र डाइरेक्ट प्लेटेड सिलिन्डरको प्रयोग गरिएको छ । साउन्डको फायरिङ सिक्वेन्स बढाउनका लागि २७० डिग्री क्र्यांकको प्रयोग गरिएको छ ।

सस्पेन्सनका लागि यसमा ४१ एमएमको केवाईबी फोर्कको प्रयोग गरिएको छ, जुन फुल्ली एड्जस्टेबल छ । ब्रेकका लागि ब्रेम्बो रेडियल मास्टर सिलिन्डरको प्रयोग गरिएको छ । बाइकमा फुल एलईडी डिस्प्ले र एलईडी लाइटिङको प्रयोग गरिएको छ ।

अमेरिकामा यो बाइकको मूल्य ६ हजार ८९९ डलर तोकिएको छ र प्रारम्भिक अवस्थामा अनलाइन बुकिङको माध्यमबाट मात्र बिक्री हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

यामाहा एफजेड–एस एफआई अब हाइब्रिड इन्जिनमा पनि, यस्तो छ फिचर र मूल्य

यामाहा एफजेड–एस एफआई अब हाइब्रिड इन्जिनमा पनि, यस्तो छ फिचर र मूल्य

यामाहाले भारतमा एफजेड–एस एफआई हाइब्रिड लन्च गरेको छ । १ लाख ४५ हजार भारु...

बर्जर पेन्ट्सले ल्यायो बर्जर फेस्टिभ राइड योजना, पेन्ट किन्दा यामाहा बाइक र स्कुटर जित्न सकिने

बर्जर पेन्ट्सले ल्यायो बर्जर फेस्टिभ राइड योजना, पेन्ट किन्दा यामाहा बाइक र स्कुटर जित्न सकिने

काठमाडौं – बर्जर पेन्ट्सले आउनै लागेको महान चाड दशैं र तिहारलाई लक्षित...

लाकुरी भञ्ज्याङको बाटोमा रे जेडआरले दियो ६१.४२ किमीको माइलेज, यसरी गरियो टेस्ट

लाकुरी भञ्ज्याङको बाटोमा रे जेडआरले दियो ६१.४२ किमीको माइलेज, यसरी गरियो टेस्ट

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...