विशेष सुविधायुक्त यामाहाको नयाँ बाइक आर१५एम अब नेपाली बजारमा

काठमाडौँ— यामाहाको सुविधासम्पन्न बाइक आर१५एम हिजोबाट आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लु इन्टरप्राइजेजले जेनेसिस क्याफेमा पत्रकार सम्मेलन गरी सो बाइक नेपाली बजारमा उपलब्ध भएको घोषणा गरेको हो । यो भन्दा पहिले कम्पनीद्वारा गत वैशाख १५–२१ सम्म भृकुटीमण्डपमा आयोजित ‘महा एक्सचेञ्ज मेला’ को अवसर पारी उक्त बाइक सार्वजनिक गरिएको थियो ।

यो बाइक नेपालमा ल्याइएको यामाहाको मोटरसाइकलहरूमध्ये सबैभन्दा उत्कृष्ट प्रविधि र विशेषताहरू सम्मिलित गरी तयार पारिएको बाइक रहेको कम्पनीको दाबी रहेको छ ।

एम र आर–सिरिजजस्ता रेसिङ दुनियाँमा ख्याति कमाएका बाइकको पाँचौँ जेनेरेशन भनिएको आर१५एम मूलतः ट्रयाक स्पिड, कर्भ र स्पोर्ट्स बाइकमा रुचि राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको बाइक हो । र, नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ–कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टु–लेभल सिट’ जस्ता विशेषताहरूले यस बाइकलाई अझ आकर्षक, विश्वसनीय, स्मार्ट, कार्यकुशल र आरामदायक बनाएको कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भिभिए’ जस्ता प्रणालीले आर१५एम १५५ लाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनी बताउँछ । ‘एसिस्ट एण्ड स्लिपर क्लच’को एडप्टेशनले बाइकको गति कम गर्ने क्रममा क्लचको वजन कम गरी ‘लो–स्ट्रेश’ कायम गर्न मद्दत पुर्याउँदछ, जसले गर्दा गियरको ‘डाउण्ड–स्फिटिङ’ प्रक्रियालाई आरामदायक र सहज बनाउँदछ । त्यसैगरी, उच्च कार्यसम्पादन क्षमता भएको ‘भिभिए’ प्रणालीले भने बाइक न्यून आरपिएमको अवस्थामा समेत उल्लेखनिय पावर र टर्क प्रदान गर्दछ ।

आर१५एम १५५ को विशेषताहरूबारे जानकारी गराउँदै यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी तयार पारिएको पनि कम्पनीले उल्लेख गरेको छ । राइडरले सडकको अवस्थाको अनुकूलता मध्यनजर गर्दै आफूले चाहेअनुसार उच्च कार्यसम्पादका लागि ‘ट्रयाक मोड’ र सहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रिट मोड’मा स्विच गर्न सक्ने सुबिधा रहेको छ ।

कम्पनीका अनुसार राइडरलाई उच्च गतिमा छिटो पुर्याउनका निम्ति एयरफ्लोलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सुधारिएको एरोडाइनामिक डिजाइन र सही र भरपर्दो ब्रेकिङका लागि डुअल च्यानल एबिएसका साथ बजारमा ल्याइएको यो अल न्यु आर१५एम १५५ सीसी एलसिभी एसओएचसी फ्युल–इन्जेक्टेड (एफआई) इन्जिनको साथ तयार पारिएको शक्तिशाली बाइक हो । ट्रयाक्शन कन्ट्रोल र क्विक सिफ्टर जसले क्रमशः चिप्लो बाटोमा ह्वीलस्पिनको कारण चक्काले घर्षण गुमाई चिप्लने सम्भावनालाई कम गराउँछ र क्लच÷ थ्रोटलरहित गियर सिफ्टिङलाई प्रभावकारी बनाउने प्रविधिले आर१५एमलाई अझ विशेष बनाएको कम्पनीको ठम्याई रहेको छ । यसले १०,००० आरपिएममा १८.४ एचपी अधिक्तम पावर र ७५०० आरपिएममा १४.२ एनएम टर्क जेनेरेट गर्दछ ।

यसैगरी, ‘कनेक्ट एक्स’ भन्दा उन्नत प्रविधिको ‘वाइ कनेक्ट’ समावेश गरिएको एलसिडी इन्स्ट्रयुमेन्ट क्लस्टरले आर१५एमलाई स्मार्ट मात्र नभइ बहुआयामिक पनि बनाएको यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताए ।

एन्ड्रोइड र एप्पल प्रयोग गर्ने राइडरहरूका लागि क्रमशः ‘गुगल प्ले स्टोर’ र ‘एप्स स्टोर’ मा उपलब्ध ‘वाइ कनेक्ट’ एप बाइकसँग ब्लुटुथमार्फत जोडेपछि निम्न फङ्शनहरू एलसिडी क्लस्टरमा डिस्प्ले हुने कम्पनीले जानकारी दिएको छ ।

– गियर सिफ्ट इन्डिकेटर
– फ्यूल कन्जम्पशन इन्डिकेटर
– सिफ्ट–टाइमिङ्ग लाईट
– भिभिए इन्डिकेटर
– ट्रयाक्शन कन्ट्रोल इन्डिकेटर
– मोबाइलफोनको ब्याट्री लेभल
– मेन्टेनेन्स रिकमेण्डेशन
– पार्किङ लोकेशन
– मालफङ्शन नोटिफिकेशन
– रेभ ड्याशबोर्ड र स्मार्टफोनमा रेङ्किङ

यसका साथै वाइ कनेक्टमार्फत चालकले फोनकल, एसएमएस र इमेल अलर्टजस्ता नोटिफिकेशन पनि बाइकको एलसिडी क्लस्टरमा हेर्न मिल्ने सुविधा रहेको छ ।

आइतबारबाट नेपालभरिका यामाहा शोरुममा उपलब्ध हुने जनाइएको आर१५एम को मूल्य नेपाली बजारमा ५ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

आरवान १५ एमको लञ्चसँगै कम्पनीले आफ्नो नयाँ स्किम ‘रोड टू मोटो जिपी’ पनि सार्वजनिक गरेको छ । यो यामाहा बाइक खरिदकर्ताहरूका लागि त्यस्तो स्किम हो जसमा चार भाग्यशाली विजेताहरूले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्याण्डको प्रत्यक्ष मोटोजिपी प्रसारण हेर्ने सुवर्ण अवसर पाउनेछन् । यो स्किम यामाहाका जुनसुकै बाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

यामाहा मोटरसाइकलमा ५ हजार र स्कुटरमा ८ हजारसम्मले मूल्य वृद्धि

यामाहा मोटरसाइकलमा ५ हजार र स्कुटरमा ८ हजारसम्मले मूल्य वृद्धि

काठमाडौं – यामाहा बाइक तथा स्कुटरको आधिकारिक बितरक एमएडब्लु...

यामाहा एक्सएसआर १५५ भारतमा डेलिभरी सुरु, नियो–रेट्रो मोटरसाइकलप्रति बढ्यो उत्साह

यामाहा एक्सएसआर १५५ भारतमा डेलिभरी सुरु, नियो–रेट्रो मोटरसाइकलप्रति बढ्यो उत्साह

यामाहाको नियो रेट्रो मोटरसाइकल एक्सएसआर १५५ अन्ततः भारतीय बजारमा...

बढ्यो यामाहा एमटी–१५ लगायत केही मोडलको मूल्य (सूची सहित)

बढ्यो यामाहा एमटी–१५ लगायत केही मोडलको मूल्य (सूची सहित)

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...