यामाहा ब्लु फेस्टमा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
काठमाडौं–यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक...
काठमाडौं–यामाहाले आफ्नो लोकप्रिय मोटरसाइकल आर१५ भी४ का थप दुई नयाँ भेरियन्टमा क्विकसिफ्टर फिचर उपलब्ध गराएको छ ।
यसअघि टप स्पेक भेरियन्ट आर१५ एममा मात्रै पाइने यो सुविधा अब रेसिङ ब्लु र म्याट पर्ल ह्वाइट रङका मोडलहरूमा पनि समावेश गरिएको छ ।
क्विकसिफ्टर सुविधा जोडिएका यी नयाँ भेरियन्टहरूको सुरुवाती मूल्य १ लाख ७९ हजार ५ सय भारतीय रुपैयाँ तोकिएको छ, जुन बिना–क्विकसिफ्टर भेरियन्टभन्दा ४ हजार ६ सय ५० रुपैयाँले बढी हो ।
यस अपडेट बाहेक मोटरसाइकलको इन्जिन र अन्य यान्त्रिक बनावटमा भने कुनै परिवर्तन गरिएको छैन । यो स्पोट्र्स बाइकमा पहिलेझैँ १५५ सीसी क्षमताको सिंगल–सिलिन्डर इन्जिन नै रहेको छ, जसले १८.१ बिएचपी उयधभच र १४.२ एनएम टर्क जेनेरेट गर्छ ।
६–स्पिड गियरबक्स जडान गरिएको यो बाइकमा क्विकसिफ्टरको सहयोगले क्लच नथिचीकनै सहज रूपमा गियर परिवर्तन गर्न सकिन्छ, जसले राइडरलाई उत्कृष्ट र द्रुत सवारी अनुभव प्रदान गर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...