थाइल्याण्डमा यामाहाका उत्कृष्ट डिलर सम्मानित, नेपालमा इलेक्ट्रिक बाइक सार्वजनिक गर्ने घोषणा
काठमाडौँ – यामाहा नेपालले आफ्नो पार्ट्नर्स मीट २०२६’ थाइल्यान्डमा...
यामाहाले आफ्नो चर्चित मोटरसाइकल आर१५ को उत्पादन १० लाख यूनिट नाघेको जनाएको छ । सन् २००८ देखी उत्पदन हुँदै आएको आर१५ १६ वर्षमा १० लाख यूनिट उत्पादन भएको हो ।
भारतको सुरजपुर प्लान्टमा उत्पादन हुँदै आएको यसको बजार समेत सबैभन्दा ठूलो भारतकै छ । कुल उत्पादनको ९० प्रतिशत आर१५ भारतमा बिक्री हुने कम्पनी भनाई छ ।
यामाहा मोटर ग्रुप अफ कम्पनीजका अध्यक्ष इटरु ओटानीले भने, ‘हामी हाम्रा ग्राहकहरूलाई उनीहरूको अटल विश्वासको लागि र हाम्रा कर्मचारीहरूलाई उनीहरूको समर्पणका लागि हार्दिक आभार व्यक्त गर्दछौं, जसले यो ऐतिहासिक उपलब्धि हासिल गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ ।’
आर१५ भारतमा प्रस्तुत गरिएको पहिलो पूर्ण–फेयर सुपरस्पोर्ट बाइकहरू मध्ये एक थियो । बजारमा अहिले यसको चौथो जेनेरेशन बिक्री हुँदै आएको छ । नेपाली बजारमा समेत उपलब्ध यस मोटरसाइकलको मूल्य ६ लाख ४० हजार तोकिएको छ ।
आर१५ मा यामाहाले १५५ सिसी क्षमताको सिंगल सिलिन्डर इन्जिन जडान गरेको छ । जसले १८ बिएचपी पावर र १४.२ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई असिस्ट र स्लिपर क्लच मार्फत ६ स्पीड गियरबक्ससँग जोडिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...