यामाहाले ल्यायो क्लच बिना गियर परिवर्तन गर्न सकिने नयाँ प्रविधि वाई-एएमटी
यामाहाले युरोपेली बजारमा बाइकका लागि नयाँ टेक्नोलोजी ल्याएको छ । कम्पनीले...
म्याक्सि स्कुटर एरोक्स १५५ बिक्री गर्दै आएको यामाहाले अर्को नयाँ मोडल लन्च गर्ने भएको छ । कम्पनीले एरोक्स १५५ मै आधारित नयाँ स्कुटर एनम्याक्स १५५ लन्च गर्न लागेको हो । उक्त स्कुटरलाई यामाहाले हालै सम्पन्न भारत मोबिलिटी शोमा सोकेस गरेको थियो ।
यसै वर्षको अन्त्यसम्म लन्च भइसक्ने अनुमान गरिएको सो नयाँ स्कुटरमा स्पोर्टी लुक दिइएको छ । यसमा डुअल हेडल्याम्प र एकीकृत विन्डस्क्रिनको साथ अगाडि ठूलो फेयरिङ पाउन सकिन्छ । आरमदायी यात्राका लागि यसमा वान स्टेप सिट दिइएको छ ।
सो नयाँ स्कुटरमा यामाहाको माई राइड एप सपोर्ट गर्ने पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ यसले इमेल, कल र टेक्स्ट अलर्टका साथै स्मार्टफोनको ब्याट्री लेभल जस्ता सुविधाहरूको साथ ब्लुटुथ कनेक्टिभिटी सपोर्ट गर्दछ ।
एरोक्स १५५ कै १५५ सीसी एकल–सिलिन्डर इन्जिन दिइएको यो स्कुटरको पावर १५ बीएचपी र टर्क १४ एनएम छ । साथै यसमा स्टार्ट÷स्टप फंक्सन समेत पाउन सकिन्छ । स्कुटरको इन्जिन भि–बेल्ट अटोमेटिक गियर बक्ससँग जोडिएको छ ।
यामाहाले युरोपेली बजारमा बाइकका लागि नयाँ टेक्नोलोजी ल्याएको छ । कम्पनीले...
काठमाडौं — राजधानीको भृकुटीमण्डपमा यामाहाको ‘महा एक्सचेन्ज मेला’सुरू...
काठमाडौं – यामाहा रेसिङको प्रस्तुति हिमालय रोडिज सिजन ५ को यामाहा फिल्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...