भरतपुरमा खुल्यो यामाहाको नयाँ ब्लु स्क्वायर शोरुम

चितवन – नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज अन्तर्गत चितवनको विक्रेता कर्माचार्य इन्टरप्राइजेजले जिल्लामा नयाँ शोरुम शुभारम्भ गरेको छ । इन्टरप्राइजेजले भरतपुर–९, मिलनचोकमा ब्लु स्क्वायर शोरुमको शुभारम्भ गरेको हो ।

इन्टरप्राइजेजकी संरक्षक मुनादेवी कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमएडब्लुका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले शोरुमको उदघाटन गरे ।

प्रमुख अतिथि अग्रवालले यामाहाको इतिहास निकै पुरानो र विश्वासिलो रहेको बताए । उनले देशकै केन्द्र भागमा रहेको चितवन र वरपर रहेका जिल्लालाई समेत लक्षित गरी अत्यधुनिक र सुविधासम्पन्न शोरुम सञ्चालन गरिएकोमा खुसी व्यक्त गरे । अग्रवालले यामाहा मोटरसाइकलको फिचर र फाइदाका बारेमा जानकारी गराए ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने, चितवन चेम्बर अफ कमर्शका अध्यक्ष गोपाल प्रसाद भट्टराई लगायतले आर्थिक मन्दीको समयमा समेत ठूलो लगानीमा शोरुम सञ्चालन गर्नु निकै चुनौती रहेको बताए । उनीहरूले सरकारले यस्ता व्यवसायीलाई भन्सार र ऋणमा सहुलियत दिनुपर्नेमा जोड दिए ।

इन्टरप्राइजेजका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्यले चितवनमा यामाहाको विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरको अत्यधिक माग रहेकोले शोरुम विस्तार गरिएको बताए ।

यसअघि नारायणगढबाट सेवा दिइएकोमा भरतपुरमा थप सबै सुविधा सहितको शोरुम विस्तार गरिएको उनले जानकारी दिए ।

सम्बन्धित समाचारहरू

यामाहा नेपालको नयाँ ईएमआई अफर – ४० प्रतिशत अग्रिम बुझाउदा यसरी तिरौ मासिक किस्ता

यामाहा नेपालको नयाँ ईएमआई अफर – ४० प्रतिशत अग्रिम बुझाउदा यसरी तिरौ मासिक किस्ता

काठमाडौँ— नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, यामाहा...

विशेष सुविधायुक्त यामाहाको नयाँ बाइक आर१५एम अब नेपाली बजारमा

विशेष सुविधायुक्त यामाहाको नयाँ बाइक आर१५एम अब नेपाली बजारमा

काठमाडौँ— यामाहाको सुविधासम्पन्न बाइक आर१५एम हिजोबाट आधिकारिक रूपमा...

यामाहाले ल्यायो फेस्टिभल अफर, बम्परमा १२ तोला सुन जित्न सकिने

यामाहाले ल्यायो फेस्टिभल अफर, बम्परमा १२ तोला सुन जित्न सकिने

काठमाडौं – यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...