बाढी प्रभावितलाई राहत दिन यामाहा नेपाल परिवार एकजुट; १५ लाखभन्दा बढी सहयोग

काठमाडौं–गत २६ अगस्टमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि यामाहा नेपाल परिवार एकजुट भएको छ ।

बाढीका कारण घरबार, सम्पत्ति र प्रियजन गुमाएका पीडितहरूलाई तत्काल राहत तथा सहयोग पु¥याउने उद्देश्यले यामाहा नेपाल, यसको टु–व्हीलर डिभिजन, देशभरका डिलरहरू तथा यामाहा राइडरहरू सामूहिक रूपमा अघि बढेका हुन् ।

विपत्तिपछिको कठिन अवस्थामा प्रभावित मानिसहरूसम्म सहायता पु¥याउन यामाहा डिभिजन र देशभरका यामाहा डिलरहरूले संयुक्त सोलिडारिटी फन्डमार्फत १५ लाख रुपैयाँ योगदान गरेका छन् । यसका साथै यामाहा डिभिजनको जेन–जी टिमले पनि आफ्नो व्यक्तिगत बचतबाट १५ हजार रुपैयाँ थप सहयोग गरेको छ ।

अप्ठ्यारो समयमा आफ्नो राष्ट्र र स्थानीय समुदायलाई साथ दिनु नै प्रमुख जिम्मेवारी भएको महसुस गर्दै सम्पूर्ण यामाहा नेपाल परिवारले यो कदम चालेको जनाएको छ ।

पुनःस्थापना र पुनर्निर्माणको यात्रा लामो हुने भएकाले प्रभावित समुदाय पूर्ण रूपमा नतंग्रिएसम्म आवश्यक सहयोग र साथ निरन्तर जारी राख्ने प्रतिबद्धता यामाहा नेपालले व्यक्त गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...