यामाहा आर१५ भी४ र आर१५ भी३ मा यस्तो छ ७ भिन्नता : फिचर देखि मूल्य सम्म
यामाहा मोटर इन्डियाले सेप्टेम्बर २०२१ मा यामाहा आर१५ भी४ लन्च गरेको छ ।...
काठमाडौं– यामाहा नेपालले काठमाडौंमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट सम्पन्न गरेको छ । बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने क्रममा काठमाडौंमा मंगलबार आयोजित प्रतिष्पर्धामा यामाहाका विभिन्न डिलरशिपबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताहरूको सहभागिता रहेको थियो ।
प्रतियोगिताको लागि योग्य हुन सहभागीहरूले अटो बेसिक, प्रोडक्ट र सलेस प्रोसेस प्रशिक्षण र त्यसपछि यी क्षेत्रहरूमा उनीहरूको दक्षता मूल्याङ्कन गर्ने प्रतिस्पर्धात्मक परीक्षण पूरा गरेका थिए । सबैभन्दा कुशल प्रतिनिधिहरूले मात्र भाग लिने सुनिश्चितताका लागि प्रत्येक डिलरशिपबाट उच्चतम स्कोर गर्ने बिक्री सल्लाहकारले मात्र यस प्रतिष्ठित प्रतियोगितामा स्थान पाएका थिए ।
शीर्ष तीन प्रदर्शन गर्ने प्रतिष्पर्धीहरूको घोषणासँगै प्रतियोगिता समापन गरिएको थियो। जसअनुसार द ह्विल्स प्रालिका विकास रंजितकार बिजेता बने भने एमएडब्लु प्रालि बल्खुका कुश्मा देवकोटा फस्र्ट रनरअप र गोर्खा मनकामना अटो इन्टरप्राइजेजका सुमित मर्हजन सेकेन्ड रनरअप बने ।
प्रतियोगितामा काठमाडौंका यामाहा डिलरसिप र शोरुमहरुको उत्साहजनक सहभागिता रहेको थियो । सबै प्रतियोगीहरूले आफ्नो ज्ञान र सीप प्रदर्शन गर्दै शीर्ष उपाधिको लागि प्रयास गरेका थिए । सहभागीहरू मध्ये बिजेताहरूले अब नेसनल सेल्स स्किल्स कन्टेस्टमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
बिजेतालाई यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले ट्रफी र प्रमाणपत्र प्रदान गरे । आफ्नो बधाई टिप्पणीमा उनले सहभागीहरूलाई उनीहरूको समर्पण र कडा परिश्रमको प्रशंसा गर्दै भने, ‘यामाहा सधैं आफ्नो टिमका सदस्यहरूलाई उत्कृष्ट हुन आवश्यक पर्ने सीप र ज्ञानले उनीहरूलाई सशक्त बनाउनमा विश्वास गर्दछ । यस प्रतियोगिताले सहभागीहरूको विशेषज्ञता बढ्ने मात्र नभई निरन्तर सिक्ने र उत्कृष्टताको संस्कृतिलाई बढावा मिल्ने मैले विश्वास लिएको छु ।’
कार्यक्रममा सहभागीहरूले आ–आफ्नो प्रयास र ब्रान्डको मूल्य प्रतिको प्रतिबद्धताको मान्यता स्वरूप प्रशंसाको प्रतीकको रूपमा सहभागिताको प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिता यामाहाको क्षेत्रीय बिक्री प्रतियोगिताको केवल सुरुवात मात्र भएको र अन्य क्षेत्रहरूमा पनि चाँडै नै यस्तै कार्यक्रमहरू गर्ने योजना यामाहाको रहेको छ ।
कम्पनीका अनुसार यस्ता पहलमार्फत् यामाहा नेपालले आफ्ना बिक्री परामर्शदाताहरूले उत्कृष्टताका लागि यामाहाको विश्वव्यापी प्रतिष्ठासँग मिल्ने प्रिमियम अनुभव प्रदान गर्ने सुनिश्चित गर्दै ग्राहक सेवाको स्तरलाई माथि उठाउन जारी राखेको छ ।
यामाहा मोटर इन्डियाले सेप्टेम्बर २०२१ मा यामाहा आर१५ भी४ लन्च गरेको छ ।...
चितवन – नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु...
काठमाडौं – यामाहा नेपालले देशभरका सबै यामाहा सर्भिस सेन्टरहरूमा यामाहा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...