काठमाडौंमा यामाहाको क्षेत्रीय रिजनल सेल्स स्किल्स प्रतियोगिता सम्पन्न

काठमाडौं– यामाहा नेपालले काठमाडौंमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट सम्पन्न गरेको छ । बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने क्रममा काठमाडौंमा मंगलबार आयोजित प्रतिष्पर्धामा यामाहाका विभिन्न डिलरशिपबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताहरूको सहभागिता रहेको थियो ।

प्रतियोगिताको लागि योग्य हुन सहभागीहरूले अटो बेसिक, प्रोडक्ट र सलेस प्रोसेस प्रशिक्षण र त्यसपछि यी क्षेत्रहरूमा उनीहरूको दक्षता मूल्याङ्कन गर्ने प्रतिस्पर्धात्मक परीक्षण पूरा गरेका थिए । सबैभन्दा कुशल प्रतिनिधिहरूले मात्र भाग लिने सुनिश्चितताका लागि प्रत्येक डिलरशिपबाट उच्चतम स्कोर गर्ने बिक्री सल्लाहकारले मात्र यस प्रतिष्ठित प्रतियोगितामा स्थान पाएका थिए ।

शीर्ष तीन प्रदर्शन गर्ने प्रतिष्पर्धीहरूको घोषणासँगै प्रतियोगिता समापन गरिएको थियो। जसअनुसार द ह्विल्स प्रालिका विकास रंजितकार बिजेता बने भने एमएडब्लु प्रालि बल्खुका कुश्मा देवकोटा फस्र्ट रनरअप र गोर्खा मनकामना अटो इन्टरप्राइजेजका सुमित मर्हजन सेकेन्ड रनरअप बने ।

प्रतियोगितामा काठमाडौंका यामाहा डिलरसिप र शोरुमहरुको उत्साहजनक सहभागिता रहेको थियो । सबै प्रतियोगीहरूले आफ्नो ज्ञान र सीप प्रदर्शन गर्दै शीर्ष उपाधिको लागि प्रयास गरेका थिए । सहभागीहरू मध्ये बिजेताहरूले अब नेसनल सेल्स स्किल्स कन्टेस्टमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

बिजेतालाई यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले ट्रफी र प्रमाणपत्र प्रदान गरे । आफ्नो बधाई टिप्पणीमा उनले सहभागीहरूलाई उनीहरूको समर्पण र कडा परिश्रमको प्रशंसा गर्दै भने, ‘यामाहा सधैं आफ्नो टिमका सदस्यहरूलाई उत्कृष्ट हुन आवश्यक पर्ने सीप र ज्ञानले उनीहरूलाई सशक्त बनाउनमा विश्वास गर्दछ । यस प्रतियोगिताले सहभागीहरूको विशेषज्ञता बढ्ने मात्र नभई निरन्तर सिक्ने र उत्कृष्टताको संस्कृतिलाई बढावा मिल्ने मैले विश्वास लिएको छु ।’

कार्यक्रममा सहभागीहरूले आ–आफ्नो प्रयास र ब्रान्डको मूल्य प्रतिको प्रतिबद्धताको मान्यता स्वरूप प्रशंसाको प्रतीकको रूपमा सहभागिताको प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिता यामाहाको क्षेत्रीय बिक्री प्रतियोगिताको केवल सुरुवात मात्र भएको र अन्य क्षेत्रहरूमा पनि चाँडै नै यस्तै कार्यक्रमहरू गर्ने योजना यामाहाको रहेको छ ।

कम्पनीका अनुसार यस्ता पहलमार्फत् यामाहा नेपालले आफ्ना बिक्री परामर्शदाताहरूले उत्कृष्टताका लागि यामाहाको विश्वव्यापी प्रतिष्ठासँग मिल्ने प्रिमियम अनुभव प्रदान गर्ने सुनिश्चित गर्दै ग्राहक सेवाको स्तरलाई माथि उठाउन जारी राखेको छ ।

सम्बन्धित समाचारहरू

यामाहा रे जेडआर स्ट्रिट -याली १२५ ले दियो ७०.९३ किमी माइलेज, ३ वर्षमा १ लाख बच्ने दावी

यामाहा रे जेडआर स्ट्रिट -याली १२५ ले दियो ७०.९३ किमी माइलेज, ३ वर्षमा १ लाख बच्ने दावी

काठमाडौं – यामाहाको लोकप्रिय स्कुटर रे जेडआर स्ट्रिट -याली १२५ एफआईले...

यामाहाले सार्वजनिक ग-यो इलेक्ट्रिक स्कुटर, उत्पादन छिट्टै शुरु हुने

यामाहाले सार्वजनिक ग-यो इलेक्ट्रिक स्कुटर, उत्पादन छिट्टै शुरु हुने

यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर नियो, ई०१ ग्लोबल रुपमा सार्वजनिक गरेको छ र...

म्याट्रिक्स एलईडी हेडल्याम्प पहिलोपटक यामाहा मोटरसाइकलमा जडान हुने

म्याट्रिक्स एलईडी हेडल्याम्प पहिलोपटक यामाहा मोटरसाइकलमा जडान हुने

विश्व प्रख्यात म्याट्रिक्स हेडल्याप पहिलोपटक मोटरसाइकलमा पनि उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...