यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक एफजेड–एक्स १५० नेपाली बजारमा बिक्री–वितरण प्रारम्भ

काठमाडौँ— यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमडब्लु इन्टरप्राइजेजले एफजेड–एक्स १५० बाइकको बिक्री–वितरण प्रारम्भ गरेको छ । यो भन्दा पहिले कम्पनीद्वारा गत वैशाख १५–२१ सम्म भृकुटीमण्डपमा आयोजित ‘महा एक्सचेञ्ज मेला’ को अवसर पारी उक्त बाइक सार्वजनिक गरिएको थियो ।

कम्पनीका अनुसार यामाहा एफजेड–एक्स १५० यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक हो, जुन एलसीडी मिटर र ब्लुटुथ कनेक्टिभिटी जस्ता स्मार्ट सुविधाहरु र क्लासिक डिजाइन सम्मिलित गरी तयार पारिएको छ ।

‘राइड फ्रि’ अवधारणाका साथ तयार पारिएको यो मोटरसाइकल विशेष गरी स्वतन्त्र, सहज र आरामदायक यात्रा गर्न रुचाउने बाइकप्रेमीहरुलाई लक्षित गरी तयार पारिएको कम्पनीको भनाइ छ ।

महा एक्सचेन्ज मेलामा यो बाइक नेपाली सिनेकर्मी अनमोल केसीले समेत टेस्ट राइड गरी मन पराएका थिए । अल न्यु एफजेड–एक्स १५० फ्युल इन्जेक्टेड (एफआई) र बीएस६, एयरकुल्ड, १५० सीसी ब्लुकोर इन्जिन तथा ५–स्पिड गियरबक्सका साथ तयार पारिएको छ । यसले ७२५० आरपीएममा १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क जेनेरेट गर्छ ।

यामाहाका अन्य मोटरसाइकल भन्दा अलि फरक प्रयोजनका निम्ति तयार पारिएको यो मोटरसाइकलको हरेक ‘डिटेल’ चालकलाई विशेष ध्यानमा राखी तयार पारिएको कम्पनीको दाबी छ । उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टु लेभल सिट’, बलियो ‘ब्लक प्याटर्न’ टायर, फ्रन्ट फोर्क बुटका साथ स्थिर टेलिस्कोपिक सस्पेन्सन र ब्लुटुथ कनेक्टिभिटी जस्ता विशेषताले यो बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाएको यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताए । यसका साथै डीआरएलका साथ बाई फङ्सनल एलईडी हेडलाइट र ओभल सेपको एलईडी टेललाइटले बाइकको भिज्युअललाई थप आकर्षण पैदान गरेको उनले बताए ।

आइतबारबाट नेपालभरिका यामाहा शोरुममा उपलब्ध हुने जनाइएको एफजेड–एक्स १५० को मूल्य नेपाली बजारमा ४ लाख २६ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

यामाहाले एमटी १५ लाई अपडेट गरेर नयाँ मोडल २०२२ ल्याउने

यामाहाले एमटी १५ लाई अपडेट गरेर नयाँ मोडल २०२२ ल्याउने

यामाहाले आफ्नो लोकप्रिय न्याकेड स्ट्रिटफाइटर बाइक एमटी १५ लाई अपडेट गरेर...

यामाहाले दियो नेपाल प्रहरीलाई दुई मोटरसाइकल

यामाहाले दियो नेपाल प्रहरीलाई दुई मोटरसाइकल

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज...

लाकुरी भञ्ज्याङको बाटोमा रे जेडआरले दियो ६१.४२ किमीको माइलेज, यसरी गरियो टेस्ट

लाकुरी भञ्ज्याङको बाटोमा रे जेडआरले दियो ६१.४२ किमीको माइलेज, यसरी गरियो टेस्ट

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...