यामाहाले ल्याउने भयो नयाँ बाइक आर१५ एम, लन्च नहुँदै लिक भयो पहिलो तस्बिर

केही दिन पहिले यामाहाले नयाँ बाइकको नाम आर१५ एम राख्ने गरी दर्ता भएको समाचार सार्वजनिक भयो । त्यसपछि फेरि भारतीय सञ्चार माध्यमहरुले त्यसको पहिलो तस्बिर सार्वजनिक गरेका छन् ।

सो तस्बिर डिलर मिटको अवसरमा सार्वजनिक भएको बताइएको छ । यसका आधारमा यो बाइक डिलरहरुमा समेत पुगिसकेको बताइन्छ । यो बाइकको डिजाइन यामाहाकै अर्को बाइक आर७ बाट प्रभावित भएको पाइन्छ । हालको भर्सनमा ड्युअल ल्याम्प भएकोमा यसमा भने सेन्टरमा सिंगल प्रोजेक्टर छ ।

त्यसैगरी बाइकमा पहिलो पटक गोल्डेन कलरको अपसाइड फ्रन्ट फोर्क्सको प्रयोग गरिएको छ । यो बाइकमा ब्लुटुथ कनेक्टिभिटी सहितको इन्स्ट्रयुमेन्ट क्लस्टर समेत हुने बताइएको छ ।

यामाहाले नयाँ बाइक बजारमा ल्याउने तयारी गरिरहेको र परीक्षण समेत गरिरहेको समाचार पहिले देखि नै सार्वजनिक भइरहेका थिए । धेरैले यो बाइकको नाम आर१५ भी४ वा आर३ को अपडेट भर्सन हुन सक्ने बताइरहेका थिए । तर बाइक आर१५ एम भएको अब निश्चित भएको छ ।

यो बाइकमा पहिलेकै आर१५ मा भएको १५५ सीसी, सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन प्रयोग हुनेछ, जसले १८.५ बीएचपी पावर र १४.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स हुनेछ भने स्लिपर एन्ड असिस्ट क्लच स्ट्यान्डर्डको रुपमा हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...