एफआई इन्जिनको लिडर यामाहा : यस्ता छन् फाइदा र नेपालमा उपलब्ध मोडल (मूल्य सहित)
एफआई इन्जिन अहिले मोटरसाइकल चलाउनेहरुका लागि नयाँ नाम होइन । मोटरसाइकल र...
काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले एमटी–१५ भर्सन–२ को बुकिङ खुल्ला गरेको छ । कम्पनीले यसको मूल्य ५ लाख ५० हजार रुपैँया निर्धारण गरेर बुकिङ खुलाएको हो । सो नयाँ मोटरसाइकल आगामी नाडा अटो शोमा औपचारिक लन्च हुने र लगत्तै ग्राहकलाई हस्तान्तरण हुने अनुमान गरिएको छ ।
एमटी–१५ यामाहाको चर्चित न्याकेड स्पोर्ट्स मोटरसाइकल हो । यसअघि रेगुलर एमटी–१५ बिक्री गर्दै आएकोमा हाल यसको अपग्रेडेड भर्सनका रुपमा भी२ मोडल नेपाल आउन लगोको हो । एमटी–१५ भी२ मा रेगुलर भर्सनमा जस्तै १५५ सिसी क्षमताको इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले १८.५ पिएस पावर र १४.१ एनएम टर्क जेनेरेट गर्दछ ।
सो नयाँ मोटरसाइकलको हेड लाइटलाई अपडेट गरिएको छ भने गोल्डन फ्रन्ट फोर्क र नयाँ सस्पेन्स सिस्टमसहित केही नयाँ फिचर थप गरिएको छ । साथै यसमा डुअल च्यानल एबिएस, ट्रयाक्सन कन्ट्रोल सिस्टम र एसिस्ट एन्ड स्लिपर क्लच लगायत फिचर राखिएको छ ।
एमटी–१५ भी२ लाई १३० किलोमिटर प्रतिघण्टा सम्मको उच्च स्पिडमा हाँक्न सकिने दाबी गरिएको छ । बाइकमा १० लिटर क्षमताको फ्यूल ट्यांक, ८१० एमएम सिट हाइट र १७० एमएम ग्राउन्ड क्लिरियन्स लगायत सुबिधा दिइएको छ ।
एफआई इन्जिन अहिले मोटरसाइकल चलाउनेहरुका लागि नयाँ नाम होइन । मोटरसाइकल र...
चीप अभावको समस्या फोर ह्विलरसंगै अन्तत टु ह्विलरमा समते देखा परेको छ । हाल...
वैंक तथा वित्तीय संस्थामा तरलता अभाव चर्किएसँगै ओरालो लागेको टु ह्विलर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...