यामाहा एमटी–१५ नेपालका शोरुममा, अब बुकिङ गर्नेले पनि सहज रुपमा पाउन सक्ने

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले विभिन्न शोरुमहरुमा यामाहाको बाइक एमटी–१५ उपलब्ध गराएको छ । लामो समय देखि बुकिङ गरेर पनि बाइक पाउन नसकेका ग्राहकले अब सो बाइक पाउने छन् ।

त्यसैगरी यो बाइकको बुकिङ पनि फेरि खुला गरिएको छ । यससँगै अब यो बाइक बुकिङ गर्ने ग्राहकले समेत पहिले जस्तो बाइकका लागि लामो समय कुर्नु नपर्ने कम्पनी स्रोतले जनाएको छ ।

यामाहा एमटी–१५ पहिलो पटक २०२१ सेप्टेम्बर २४ मा भृकुटीमण्डपमा सम्पन्न यामाहा महा एक्सचेन्ज मेलामा सार्वजनिक गरिएको थियो । त्यति बेला एकै पटक २ सय युनिट एमटी–१५ बीएस६ ग्राहकलाई डेलिभरी गरिएको थियो । २०७९ को प्रारम्भमा यो बाइक देशभर १ हजार युनिट बिक्री भएको यामाहा नेपालले घोषणा गरेको थियो ।

यामाहाको १५५ सीसी इन्जिनयुक्त एमटी–१५ पहिले देखि नै बलियो र रुचाइएको बाइक थियो । अहिले बीएस६ मापदण्डयुक्त इन्जिनका साथ यसमा अन्य धेरै विशेषता समेत थपिएका छन् । यसमा भएको विशिष्ट खालको ईसीयू मोडल, राम्रो एक्सिलरेसनका लागि भीभीए इन्जिन तथा राइडिङलाई अझै फास्ट गर्नका लागि अप्टिमाइज्ड सेकेन्डरी रिडक्सन गियर रेसियो एवं सहज गियरसिफ्टका लागि एएस क्लच उपलब्ध छ । त्यसैगरी राइडरलाई सहजता प्रदान गर्न यसमा मोटार्ड जस्तो राइडिङ पोजिसन हुन्छ भने उत्कृष्ट स्टपिङ पावरका लागि सिंगल च्यानल एबीएससहितको २८२ एमएमको फ्रन्ट डिस्क ब्रेक जस्ता उत्कृष्ट विशेषताहरुले यसमा आकर्षण थपेको छ ।

सो नेकेड स्ट्रिट फाइटरमा भएका विभिन्न विशेषताका कारण अन्य मोटरसाइकल भन्दा फरक भएको र धेरै राइडरले यसको प्रतीक्षा गरिरहेको कम्पनीको भनाइ छ । टर्क र छरितोपन, परिष्कृत कन्ट्रोल पोस्चर्स र सिंगल–च्यानल एबीएसका लागि परिचित, सबैभन्दा गतिशील लाइटवेटहरू मध्ये एक उक्त प्योर ग्रिड हाइपर नेकेड, एमटी स्टेबलबाट अतिरिक्त समय र कडा परिश्रमसहित विशेष सामग्रीहरूको प्रयोगपछि तयार गरिएको बाइक हो, एमटी–१५ बीएस६ ।

सम्बन्धित समाचारहरू

यामाहाले ल्यायो दुईवटा फ्यूल टयांक भएको नयाँ अफरोड बाइक

यामाहाले ल्यायो दुईवटा फ्यूल टयांक भएको नयाँ अफरोड बाइक

जापनिज टु ह्विलर निर्माता यामाहाले दुईवटा फ्यूल ट्यांक भएको नयाँ अफरोड...

चलाइरहेको समयमा किन बाइकको हेडलाइट बलेको देखिन्छ ? यसले माइलेजमा कति प्रभाव पार्छ ?

चलाइरहेको समयमा किन बाइकको हेडलाइट बलेको देखिन्छ ? यसले माइलेजमा कति प्रभाव पार्छ ?

आजकाल नयाँ बाइक वा स्कुटर स्टार्ट हुने बित्तिकै हेडलाइट बल्छ । यसलाई बन्द...

नेपालकै सबैभन्दा द्रुत गतिको अल्टिमेट स्कुटर यामाहा एरोक्स १५५ (फोटोफिचर)

नेपालकै सबैभन्दा द्रुत गतिको अल्टिमेट स्कुटर यामाहा एरोक्स १५५ (फोटोफिचर)

काठमाडौं – यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...