सकियो यामाहा एमटी–१५ बीएस६ को प्रतीक्षा : नेपाली ग्राहकले अब छिट्टै नै डेलिभरी पाउने
काठमाडौं – गत वर्ष एकै पटक २ सय यामाहा एमटी–१५ बीएस६ मोटरसाइकल डेलिभरी गरेर...
यामाहाले युवाहरुका बीच लोकप्रिय बाइक एमटी–१५ लाई फेरि नयाँ लुक र फिचर सहित बजारमा उतार्ने तयारी गरेको छ ।
यामाहा एमटी–१५ को बिक्री घटेको हुँदा कम्पनीले यसलाई अपडेट गर्ने निर्णय गरेको थियो । मिडिया रिपोर्टका अनुसार यामाहा एमटी–१५ को अपडेटेड मोडल अप्रिलमा सार्वजनिक गर्ने सम्भावना रहेको छ ।
अपडेट पछि यामाहा एमटी–१५ थप स्पोर्टी देखिनेछ । यसमा फ्रन्ट यूएसडी फोर्कका साथै आर१५ जस्तै ब्लुटुथ कन्सोल हुनेछ । एमटी–१५ मा यो फिचर नयाँ भने होइन । नयाँ यामाहा एमटी–१५ मा ड्युअल च्यानल एबीएसका साथमा अन्य नयाँ फिचरहरु देख्न सकिनेछ ।
बाइकमा १५५ सीसीको भी४ इन्जिन जडान गरिनेछ, जसले १८.४ पीएसको पावर र १४.२ एनएमको टर्क जेनेरेट गर्न सक्छ । यामाहाको आगामी बाइक एमटी–१५ माइलेजको हिसाबले पनि राम्रो हुनेछ ।
बजाज र टीभीएसलाई कडा टक्कर दिन यामाहाले यो वर्ष धेरै नयाँ बाइक ल्याउने तयारी गरिरहेको छ । यसअघि कम्पनीले आफ्ना लोकप्रिय बाइकका २०२२ मोडल बजारमा ल्याइसकेको छ ।
जापानको लोकप्रिय टु ह्विल सवारी कम्पनी यामाहाले पनि यही वर्ष भारतमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर लन्च गर्न सक्ने र यसको परीक्षण पनि सुरु भएको छ ।
काठमाडौं – गत वर्ष एकै पटक २ सय यामाहा एमटी–१५ बीएस६ मोटरसाइकल डेलिभरी गरेर...
यामाहाले एरोक्स १५५ को नयाँ भेरियन्ट ‘एस’ सार्वजनिक गरेको छ । यसको मूल्य १...
काठमाडौं – सेल्सवेरीले दशैं तिहारको अवसर पारेर यामाहासँगको सहकार्यमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...