बढ्यो यामाहा मोटरसाइकल र स्कुटरको मूल्य, हेर्नुस् नयाँ मूल्य सूची

काठमाडौं – यामाहा मोटरसाइकल तथा स्कुटरको नेपाली बजारमा मूल्य वृद्धि भएको छ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले १५० सीसी भन्दा माथिका अधिकांश मोटरसाइकलको मूल्य वृद्धि गरेको छ ।

सरकारले केही दिन पहिले सार्वजनिक गरेको प्रतिस्थापन विधेयकमार्फत यी मोटरसाइकलको कर वृद्धि गरेको थियो । हालै काठमाडौंको भृकुटीमण्डमा एक्सचेन्ज मेला सम्पन्न गरे पश्चात अब यामाहाका यी मोटरसाइकलको मूल्य वृद्धि गरिएको हो ।

यामाहाको एफजी २५ को मूल्यमा १६ हजार रुपैयाँ वृद्धि भई ४ लाख ६२ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यसैगरी आर१५ भी३ को मूल्यमा १५ हजार रुपैयाँले वृद्धि भई ४ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ । एफजेडएस एफआई भी३ को मूल्यमा १० हजार रुपैयाँले वृद्धि भई ३ लाख ४४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

यामाहाका स्कुटरको मूल्यमा १ हजार र २ हजार रुपैयाँले मात्र मूल्य वृद्धि गरिएको छ । यामाहाका स्कुटर भने ११३ र १२५ सीसीका मात्र छन् ।

यस्तो छ यामाहा मोटरसाइकल र स्कुटरको नयाँ मूल्य सूची :

सम्बन्धित समाचारहरू

अब मोटरसाइकलमा पनि हाइब्रिड युग: नेपालकै पहिलो हाइब्रिड बाइक लन्च हुँदै

अब मोटरसाइकलमा पनि हाइब्रिड युग: नेपालकै पहिलो हाइब्रिड बाइक लन्च हुँदै

काठमाडौं – यामाहा नेपालले देशमै पहिलो पटक हाइब्रिड प्रविधियुक्त...

प्रतिदिन १३० रुपैयाँ तिर्ने गरी यामाहा मोटरसाइकल लिन सकिने

प्रतिदिन १३० रुपैयाँ तिर्ने गरी यामाहा मोटरसाइकल लिन सकिने

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...

यामाहाले दियो नेपाल प्रहरीलाई दुई मोटरसाइकल

यामाहाले दियो नेपाल प्रहरीलाई दुई मोटरसाइकल

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...