बाढी प्रभावितलाई राहत दिन यामाहा नेपाल परिवार एकजुट; १५ लाखभन्दा बढी सहयोग
काठमाडौं–गत २६ अगस्टमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको...
काठमाडौं – नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्सले यामाहाका विभिन्न मोडलका मोटरसाइकल र स्कुटरको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।
यामाहा नेपालले हालै नेपाली बजारमा भित्र्याएको एक्सएसआर १५५ मोटरसाइकल भित्र्याएको छ । नेपाली बजारमा पहिले देखि नै लोकप्रिय आर१५ र एफजी सिरिजका मोटरसाइकलका साथै रेजेडआर सिरिजका स्कुटर समेत उपलब्ध छन् ।
यामाहा एक्सएसआर १५५ ब्ल्याक, ग्रे र रेड गरी तीन भेरियन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ५ लाख ५९ हजार ९ सय, ५ लाख ४४ हजार ९ सय र ५ लाख ३९ हजार ९ सय रुपैयाँ छ ।
नेपाली बजारमा उपलब्ध यामाहाको सबैभन्दा कम मूल्यको मोटरसाइकल सलुटो १२५ हो । यसको मूल्य २ लाख ८४ हजार ९ सय रुपैयाँ छ । त्यसैगरी एफजी एफआईको मूल्य ४ लाख ४ हजार ९ सय छ भने एफजीएस भी३ एबीएसको मूल्य ४ लाख ३० हजार ९ सय रुपैयाँ छ ।
नेपाली बजारमा उपलब्ध सबैभन्दा महंगो यामाहाको मोटरसाइकल डब्लुआर १५५ आर हो । यसको मूल्य ७ लाख ४९ हजार ९ सय रुपैयाँ छ ।
रेजेडआर सिरिजमा विभिन्न स्कुटर नेपालमा उपलब्ध छन् । रेजेडआर स्कुटरलाई कम्पनीले नेपालमा सबैभन्दा बढी माइलेज दिने स्कुटरको रुपमा समेत दावी गर्दै आएको छ । यी विभिन्न मोडलको मूल्य २ लाख ९१ हजार ९ सय देखि ३ लाख ४२ हजार ९ सय रुपैयाँ सम्म छ ।
यामाहाको म्याक्सी स्कुटर एरोक्स १५५ को मूल्य भने ५ लाख ४ हजार ९ सय रुपैयाँ छ ।
नेपालमा उपलब्ध यामाहाका विभिन्न मोडलका मोटरसाइकल र स्कुटर तथा तिनको मूल्य यस प्रकार छ :

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...