यामाहा एफजेड–एस एफआई अब हाइब्रिड इन्जिनमा पनि, यस्तो छ फिचर र मूल्य
यामाहाले भारतमा एफजेड–एस एफआई हाइब्रिड लन्च गरेको छ । १ लाख ४५ हजार भारु...
यामाहाले आगामी मे १८ मा नयाँ बाइक आर७ को ग्लोबल डेब्यु गर्ने भएको छ । केही दिन पहिले यसको टिजर भिडियो सार्वजनिक भएको थियो । तर फेरि हालै यसको अन्य विभिन्न फिचर समेत सार्वजनिक भएको छ ।
यामाहा आर७ ले हाल बजारमा उपलब्ध आर६ लाई प्रतिस्थापन गर्ने बताइएको छ । आर७ को फ्रन्टमा ट्विन एलईडी डीआरएलका साथै एयर स्कुपका साथ प्राइमेरी हेडल्याम्प हुनेछ । त्यसैगरी यसको विन्डस्क्रिन आर६ भन्दा केही ठूलो देखिन्छ भने यसमा फेयरिङ पनि देख्न सकिन्छ ।
आर७ को इन्जिन स्पेसिफिकेसनको वारेमा धेरै जानकारी सार्वजनिक भएको छैन । तर पनि यसमा यामाहाको प्रचलित बाइक एमटी–०७ को इन्जिन प्रयोग हुने अनुमान गरिएको छ । यसले ७३ एचपी पावर र ६७ एनएम टर्क जेनेरेट गर्नेछ । यद्यपि बेटर पर्फमेन्सका लागि यसमा थप केही फिचर उपलब्ध हुने आशा गरिएको छ ।
नेपाली बजारमा आर६ ग्राहकको माग अनुसार उपलब्ध गराइएको थियो । आगामी दिनमा आर७ पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ । मिडिलवेट फुल्ली फेयर्ड सुपरस्पोर्ट बाइक चाहने युवाहरुको माग अनुसार आगामी दिनमा यो बाइक पनि नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।
यो बाइकको वारेमा थप जानकारी पाउनका लागि भने मे १८ नै कुर्नु पर्ने हुन्छ, जुन धेरै दिन टाढा छैन ।
यामाहाले भारतमा एफजेड–एस एफआई हाइब्रिड लन्च गरेको छ । १ लाख ४५ हजार भारु...
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, यामाहा नेपालले...
काठमाडौँ – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...