अब मोटरसाइकलमा पनि हाइब्रिड युग: नेपालकै पहिलो हाइब्रिड बाइक लन्च हुँदै
काठमाडौं – यामाहा नेपालले देशमै पहिलो पटक हाइब्रिड प्रविधियुक्त...
काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा यामाहा महा एक्सचेन्ज मेला प्रारम्भ भएको छ । आगामी असोज १५ गते सम्म चल्ने उक्त महा एक्सचजेन्ज मेलामा यामाहा नेपालको तर्फबाट विभिन्न आकर्षक उपहार प्राप्त गर्न सकिने छ ।
सो अवसरमा टेस्ट राइड गर्ने मध्ये एक जनालाई हरेक दिन सुनको सिक्का प्रदान गरिने बताइएको छ ।
महा एक्सचेन्ज मेलामा कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरलाई बजार मूल्यांकन भन्दा थप १० हजार रुपैयाँ भ्यालुएसन गरिने र नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्न सकिने छ ।

नयाँ मोटरसाइकल वा स्कुटरका लागि विभिन्न एक्सचेन्ज हाउसहरुसँगको सहकार्यमा अन द स्पट फाइनान्स सुविधा उपलब्ध हुनेछ । यसरी सुविधा उपलब्ध गराउदा शून्य प्रतिशत ब्याजदरमा थोरै डाउन पेमेन्ट र थोरै ईएमआई तिर्ने गरी सुविधा उपलब्ध हुनेछ ।
यसरी मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा यामाहाले हाल चाडपर्वको अवसरमा ल्याएको ‘रेस फर दी एस’ अफर अन्तर्गतका सुविधा समेत प्राप्त गर्नेछन् । यस अनुसार प्रत्येक दिन गोल्ड क्वाइन जित्ने सम्भावना हुनेछ । नयाँ मोटरसाइकल वा स्कुटरका लागि ८ हजार देखि १० हजार रुपैयाँ सम्म स्योर सट छुट प्राप्त हुनेछ ।

त्यसैगरी प्रत्येक हप्ता एक जना विजेताले ४ तोला गोल्डेन एस अर्थात एक्का तास पाउने छन् भने बम्परमा एकजना भाग्यशाली विजेताले ४ तोला तौल भएको तीनवटा एक्का तास अर्थात १२ तोला सुन उपहार पाउनेछन् ।
मोटरसाइकल वा स्कुटरका लागि आवश्यक एसेसरिज निःशुल्क उपलब्ध हुनेछ भने मेलामा आएका कुनै पनि ब्रान्डका मोटरसाइकल वा स्कुटरलाई निःशुल्क चेकअप र वास गरिने छ ।
काठमाडौं – यामाहा नेपालले देशमै पहिलो पटक हाइब्रिड प्रविधियुक्त...
काठमाडौँ – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...
यामाहाले आफ्नो लोकप्रिय रेट्रो वाइक एफजेड–एक्समा ५ नयाँ फिचर थप गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...