यामाहा महा एक्सचेन्ज मेला हुने, पुराना बाइक वा स्कुटरसँग नयाँ बाइक स्कुटर साट्दा फाइदै फाइदा

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा यामाहा महा एक्सचेन्ज मेला हुने भएको छ । आगामी असोज असोज ८ शुक्रबार देखि प्रारम्भ भई असोज १५ गते सम्म चल्ने उक्त महा एक्सचजेन्ज मेलामा यामाहा नेपालको तर्फबाट विभिन्न आकर्षक उपहार प्राप्त गर्न सकिने छ ।

महा एक्सचेन्ज मेलामा कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरलाई बजार मूल्यांकन भन्दा थप १० हजार रुपैयाँ भ्यालुएसन गरिने र नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्न सकिने छ ।

नयाँ मोटरसाइकल वा स्कुटरका लागि विभिन्न एक्सचेन्ज हाउसहरुसँगको सहकार्यमा अन द स्पट फाइनान्स सुविधा उपलब्ध हुनेछ । यसरी सुविधा उपलब्ध गराउदा शून्य प्रतिशत ब्याजदरमा थोरै डाउन पेमेन्ट र थोरै ईएमआई तिर्ने गरी सुविधा उपलब्ध हुनेछ ।

यसरी मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा यामाहाले हाल चाडपर्वको अवसरमा ल्याएको ‘रेस फर दी एस’ अफर अन्तर्गतका सुविधा समेत प्राप्त गर्नेछन् । यस अनुसार प्रत्येक दिन गोल्ड क्वाइन जित्ने सम्भावना हुनेछ । नयाँ मोटरसाइकल वा स्कुटरका लागि ८ हजार देखि १० हजार रुपैयाँ सम्म स्योर सट छुट प्राप्त हुनेछ ।

त्यसैगरी प्रत्येक हप्ता एक जना विजेताले ४ तोला गोल्डेन एस अर्थात एक्का तास पाउने छन् भने बम्परमा एकजना भाग्यशाली विजेताले ४ तोला तौल भएको तीनवटा एक्का तास अर्थात १२ तोला सुन उपहार पाउनेछन् ।

मोटरसाइकल वा स्कुटरका लागि आवश्यक एसेसरिज निःशुल्क उपलब्ध हुनेछ भने मेलामा आएका कुनै पनि ब्रान्डका मोटरसाइकल वा स्कुटरलाई निःशुल्क चेकअप र वास गरिने छ ।

सम्बन्धित समाचारहरू

नेपाली नारीको रोजाइमा पर्न सफल ५ स्कुटर ब्रान्ड

नेपाली नारीको रोजाइमा पर्न सफल ५ स्कुटर ब्रान्ड

केही बर्षअघिसम्म नेपालमा नारीलाई घरबाहिर निस्कन निकै सकस हुने अबस्था थियो...

महासंघ पछि परिसंघको नेतृत्वमा पनि अटोमोबाइल व्यवसायी, विष्णु अग्रवाल बने परिसंघको अध्यक्ष

महासंघ पछि परिसंघको नेतृत्वमा पनि अटोमोबाइल व्यवसायी, विष्णु अग्रवाल बने परिसंघको अध्यक्ष

उद्योगी एवं व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको...

१२५ सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका ३ स्कुटर, जसमा छ बीएस ६ र एफआई इन्जिन

१२५ सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका ३ स्कुटर, जसमा छ बीएस ६ र एफआई इन्जिन

नेपाली टु ह्विलर बजारमा पछिल्लो बीएस ६ मापदण्डमा आधारित मोटरसाइकल र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...