यस्तो हुनेछ आर१५ भी४, स्पाई सट पश्चात आयो डिजाइन रेन्डरिङ
भारतको गाजियाबादस्थित बजाजको फ्याक्ट्री नजिकै परीक्षण गरिरहेको अवस्थामा...
काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा यामाहा महा एक्सचेन्ज मेला हुने भएको छ । आगामी असोज असोज ८ शुक्रबार देखि प्रारम्भ भई असोज १५ गते सम्म चल्ने उक्त महा एक्सचजेन्ज मेलामा यामाहा नेपालको तर्फबाट विभिन्न आकर्षक उपहार प्राप्त गर्न सकिने छ ।
महा एक्सचेन्ज मेलामा कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरलाई बजार मूल्यांकन भन्दा थप १० हजार रुपैयाँ भ्यालुएसन गरिने र नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्न सकिने छ ।
नयाँ मोटरसाइकल वा स्कुटरका लागि विभिन्न एक्सचेन्ज हाउसहरुसँगको सहकार्यमा अन द स्पट फाइनान्स सुविधा उपलब्ध हुनेछ । यसरी सुविधा उपलब्ध गराउदा शून्य प्रतिशत ब्याजदरमा थोरै डाउन पेमेन्ट र थोरै ईएमआई तिर्ने गरी सुविधा उपलब्ध हुनेछ ।
यसरी मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा यामाहाले हाल चाडपर्वको अवसरमा ल्याएको ‘रेस फर दी एस’ अफर अन्तर्गतका सुविधा समेत प्राप्त गर्नेछन् । यस अनुसार प्रत्येक दिन गोल्ड क्वाइन जित्ने सम्भावना हुनेछ । नयाँ मोटरसाइकल वा स्कुटरका लागि ८ हजार देखि १० हजार रुपैयाँ सम्म स्योर सट छुट प्राप्त हुनेछ ।
त्यसैगरी प्रत्येक हप्ता एक जना विजेताले ४ तोला गोल्डेन एस अर्थात एक्का तास पाउने छन् भने बम्परमा एकजना भाग्यशाली विजेताले ४ तोला तौल भएको तीनवटा एक्का तास अर्थात १२ तोला सुन उपहार पाउनेछन् ।
मोटरसाइकल वा स्कुटरका लागि आवश्यक एसेसरिज निःशुल्क उपलब्ध हुनेछ भने मेलामा आएका कुनै पनि ब्रान्डका मोटरसाइकल वा स्कुटरलाई निःशुल्क चेकअप र वास गरिने छ ।
भारतको गाजियाबादस्थित बजाजको फ्याक्ट्री नजिकै परीक्षण गरिरहेको अवस्थामा...
यामाहाको बहुप्रतिक्षित इलेक्ट्रिक स्कुटर ई०१ को तस्बिर पहिलोपटक बाहिर...
२०२५ को यामाहा एमटी १५ अब नयाँ रङ र केही अपडेटसहित लन्च भएको छ। यद्यपि यसमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...