यामाहाले लन्च ग-यो रेट्रो लुक भएको १२५ सीसी स्कुटर

यामाहाले रेट्रो लुक भएको १२५ सीसी फेजियो स्कुटर लन्च गरेको छ । सो स्कुटरको फिचर फेसिनो १२५ सँग मिल्दोजुल्दो छ । सो स्कुटर हाल थाइल्याण्डमा बिक्री भइरहेको छ । यो स्कुटरको डिजाइन निकै आकर्षक छ ।

सो स्कुटरमा ओल्ड स्कुल डिजाइनको साथ कम्प्याक्ट लुक दिइएको छ । साथै रेट्रो लुक दिनको लागि यसमा गोलो एलईडी हेडलाइट प्रयोग गरिएको छ ।

नयाँ फेजियोमा पावरका लागि १२५ सीसीको सिंगल सिलिन्डर मोटर जडान गरिएको छ । जसले ८.४ बीएचपीको पावर र १०.६ एनएमको टर्क जेनेरेट गर्छ । नयाँ स्कुटरले यामाहा फेसिनो १२५ ले भन्दा बढी आउटपुट दिन्छ, जसले ८.०४ बीएचपी पावर र १०.३ एनएम टर्क दिन्छ ।

फेजियोमा एलईडी हेडलाइट, ब्लुटुथ कनेक्टिभिटी सहितको फुल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र युएसबी स्लट जस्ता फिचर समावेश गरिएको छ । साथै सो स्कुटर बिना साँचो चलाउन पनि सकिन्छ ।

यसमा टेलिस्कोपिक फ्रन्ट फोर्क र रियरमा मोनोसक दिइएको छ । ब्रेकिङका लागि यो स्कुटरमा फ्रन्ट डिस्क र रियर ड्रम ब्रेक प्रयोग गरिएको छ । यसको फ्युल ट्याङ्की ५.१ लिटरको छ ।

थाइल्याण्डमा यामाहा फेजियो २ भेरिएन्टमा लन्च गरिएको छ । यसको मूल्य ५४ हजार ९ सय थाई भाटबाट सुरु हुन्छ । कम्पनीले सो स्कुटर आगामी दिनमा नेपालमा पनि उपलब्ध गराउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

यी हुन् नेपाली बजारमा धेरैले रुचाउने ३ लाख हाराहारी मूल्यमा उपलब्ध १२५ सीसी स्कुटर

यी हुन् नेपाली बजारमा धेरैले रुचाउने ३ लाख हाराहारी मूल्यमा उपलब्ध १२५ सीसी स्कुटर

नेपाली बजारमा बिक्री हुने स्कुटर मध्ये १२५ सीसी सेगमेन्टका स्कुटर...

मूल्य वृद्धिमा यामाहाले उछिन्यो होन्डा, टीभीएस र बजाजलाई, स्कुटरमा सबैभन्दा बढी वृद्धि

मूल्य वृद्धिमा यामाहाले उछिन्यो होन्डा, टीभीएस र बजाजलाई, स्कुटरमा सबैभन्दा बढी वृद्धि

टु ह्विलर सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका बजाज, टीभीएस, यामाहा र...

जिप, स्कोडा, जेसीबी, आइसर, फोटोन र चांगनका गाडी किन्न सहज हुने, एभरेष्ट बैंकले ऋण दिने

जिप, स्कोडा, जेसीबी, आइसर, फोटोन र चांगनका गाडी किन्न सहज हुने, एभरेष्ट बैंकले ऋण दिने

काठमाडौं – नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा इन्जिनियरिङ कम्पनीमध्ये...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...