नयाँ वर्ष २०७९ को रौनक : देशभर २०७९ ले गुणन गर्दै हजारौ पुरस्कार जित्दै यामाहाका ग्राहक
हालै चितवनको नारायणघाटस्थित नवीन अटो सेन्टरबाट यामाहाको स्कुटर किनेका...
यामाहाले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा एमटी ०९ एसपी प्रदर्शन गरेको थियो । सो नेकेड बाइकमा उत्कृष्ट फिचर सहित अपडेट गरिएको छ । यसको नयाँ डिजाइनका कारण सो बाइक पहिलेको तुलनामा आकर्षक देखिन थालेको छ ।
नयाँ यामाहा एमटी ०९ एसपीमा हल्का आल्मुनियम फ्रेम प्रयोग गरिएको छ। यसको अगाडि ४१ एमएम यूएसडी फोर्क र पछाडि मोनोशक जडान गरिएको छ । साथै ब्रेकिङका लागि अगाडि २९८ एमएम डिस्क ब्रेक र पछाडि २४५ एमएम डिस्क ब्रेक दिइएको छ ।
नयाँ यामाहा एमटी ०९ एसपीमा पुरानो मोडलको ८९० सीसी, इनलाइन ३ सिलिन्डर इन्जिन प्रयोग गरिएको छ । सो इन्जिनले १०००० आरपीएममा ११७ बीएचपीको पावर र ७००० आरपीएममा ९३ एनएमको टर्क जेनेरेट गर्छ। यसको इन्जिन ६ स्पिड गियरबक्ससँग जोडिएको छ।
नयाँ यामाहा एमटी ०९ एसपीको नयाँ संस्करणमा स्पोर्ट्स फंक्शनल एलईडी हेडल्यम्प र न्यूनतम बडी वर्क देख्न सकिन्छ । यसमा २ पीस स्टेप सिट र टीएफटी कलर डिस्प्ले पनि दिइएको छ । कम्पनीले यसमा स्पोर्ट, स्ट्रिट र रेन गरी तीन मोड दिएको छ । सेफ्टीका लागि ब्याक स्लिप रेगुलेटर, ट्रयाक्सन कन्ट्रोल, स्लाइड कन्ट्रोल सिस्टम र फ्रन्ट ह्विल लिफ्ट कन्ट्रोल सिस्टम सहितको सिक्स एक्सिस आईएमयू उपलब्ध गराएको छ ।
नयाँ यामाहा एमटी ०९ एसपी भारतमा जुन महिनामा लन्च गर्ने सम्भावना छ । भारतमा यसको मूल्य लगभग १३ लाख भारु हुने अनुमान गरिएको छ । भारतीय बजारमा यसले ट्रायम्फ स्ट्रिट ट्रिपल आरएस र डुकाटी मोन्स्टर एसपीसँग प्रतिस्पर्धा हुनेछ ।
हालै चितवनको नारायणघाटस्थित नवीन अटो सेन्टरबाट यामाहाको स्कुटर किनेका...
विश्व बजारमा कारको बिक्री बढे जस्तै एसियाली मुलुकहरुमा दुई पांग्रे सवारी...
काठमाडौं– यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे सवारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...