यामाहा एरोक्स १५५ स्कुटरको बिक्री शुरु, मूल्य ४ लाख ७४ हजार ९००
काठमाडौं – यामाहा एरोक्स १५५ स्कुटरको नेपालमा बिक्री शुरु भएको छ । यामाहा...
विश्व बजारमा कारको बिक्री बढे जस्तै एसियाली मुलुकहरुमा दुई पांग्रे सवारी साधनको बिक्रीमा योगात्मक नभएर गुणात्मक वृद्धि देखिदै आएको छ । गत वर्ष भएको लकडाउन पछि पनि अनपेक्षित बिक्री दुई पांग्रे सवारी साधनको नै रह्यो। नेपालको तथ्यांकले त झन वि.सं. २०६४/६५ देखि गुणात्मक फड्को मार्न छाडेकै छैन । यस बीचमा विभिन्न कम्पनीहरु नेपाली बजारमा आउने हराउने प्रक्रिया चलिनै रह्यो भने ६/७ वटा कम्पनीले मात्रै निरन्तरता पाइराखे ।
पहिलाको बजारमा सबै ब्रान्डका सिंगल वा डबल मात्रै संख्यामा प्रोडक्ट हुने गर्दथे बजारिकरणको खाँचो थिएन । तर विस्तारै उपभोक्ता पनि सचेत हुँदै जान थाले भने कम्पनीहरुले पनि आफ्नो रिसर्च एन्ड डेभलपमेन्ट (आरएन्डडी) लाई सुधार्दै गए । हामिले जाने सम्मको कुरा गर्दा किक स्टार्ट, टिल्लि सहित ट्युब वाला टायर, ९७ देखि १२५ सीसी सम्म, २ स्ट्रोक आदि प्रविधि प्रचलित थिए । झट्ट हेर्दा समथर सिट भएका डिजाइनमा भन्दा मजबुतिमा ध्यान दिइएको देखिन्थ्यो। तर समयक्रमसँगै टु स्ट्रोक बाट फोर स्ट्रोकमा अपग्रेड भएर गए भने अलोय ह्विलमा आउन थाले । त्यसैगरी १२५ सीसीमा इलेक्ट्रिक स्टार्ट थप गरियो भने विस्तारै १५० सीसीका बाइकहरु आउन सुरुवात गरेसँगै बजार झन प्रतिस्पर्धि बनेर गयो । अनि डिजिटल ड्यासबोर्डको सुरुवात भयो डिस्क ब्रेकको सुरुवात हुँदै गयो ।
सन २००७÷०८ पछि मोटरसाइकल तथा स्कुटर बजार पनि बढेर गयो । कम्पनी कम्पनी बीच राम्रा उत्पादनमा होडबाजी नै हुन थाल्यो । यो होडबाजीको प्रक्रिया बिक्रीमा मात्रै रहेन विकसित प्रविधिमा पनि चलिरह्यो ।
यसै क्रममा नेपाली बजारमा बिक्री भइरहेका र गुणस्तर तथा प्रविधिको मामिलामा अब्बल देखिएका १५० सीसी सेग्मेन्टका दुई मोटरसाइकलको वारेमा चर्चा गरिएको छ ।
यामाहा एफजेड भी३
सन् २००८ बाट बिक्री–वितरण हुँदै आएको एउटा ब्रान्ड नेम हो एफजेड । यो १३ वर्षको अवधि सम्म आउदा यामाहाले पटकपटक यसलाई परिमार्जन गरेर बजारमा ल्याएको छ । हाल बजारमा बिक्री–वितरण भइरहेको एफजेड भी३ मा १४९ सीसी इन्जिनमा, २ भल्व सिङ्गल सिलिन्डरमा फ्युल इन्जेक्टेड ब्लुकोर प्रविधियुक्त इन्जिन जडान गरिएको छ । यसले ८००० आरपीएममा १३.२ पीएस पावर र ६००० आरपीएममा १२.८ एनएम टर्क जेनेरेट गर्छ ।
एफजेड भी३ मा सिंगल च्यानल एबीएस जडित गरिएको छ भने ड्युअल डिस्कको प्रयोग गरिएको छ । दुबै चक्कामा अलोय ह्विल तथा ट्युबलेस टायरको प्रयोग गरिएको एफजेड बाइकमा ५ स्पिड गियरबक्स जडित रहेको छ ।
फुल डिजिटल इन्स्ट्रयुमेन्ट ड्यासबोर्ड जडित गरिएको एफजेड बाइकमा स्पिडोमिटर, फ्युल गेज, ओडोमिटर, ट्रिपमिटर, समय, एबीएस सेन्सर इन्डिकेटर बत्ति पनि रहेको छ भने आरपीएम पनि सोही इन्स्ट्रयुमेन्टमा देख्न सकिन्छ ।
राइडिङ कम्फर्टलाई ध्यानमा राखेर अगाडिको सक टेलिस्कोपिक प्रयोग गरिएको छ भने पछाडि ७ स्टेप एड्जस्टेबल मोनोक्रस सस्पेन्सन प्रयोग गरिएको छ । १३ लिटर क्षमताको फ्युल ट्यांक रहेको एफजेडको तौल १३५ केजी रहेको छ । एलईडी हेडल्याम्प जडित यो बाइकमा ब्याकलाइट भने बल्बयुक्त प्रयोग गरिएको छ भने इन्डिकेटर लाइट पनि बल्बयुक्त नै छन् ।
य माहा आफैमा जापनिज ब्रान्ड भएर मजबुत त छ नै र पनि कम्पनीले २ वर्ष वा ३० हजार किलोमिटर सम्मको इन्जिन वारेन्टी उपलब्ध गराएको छ ।
पछिल्लो पुस्तामा निकै रुचाइएको तथा टु स्ट्रोकमा प्रवेश गरेसँगै गिरेको यामाहा नेपालको शाखलाई उठाउन एफजेडको सिंगल भूमिका छ भन्दा गलत हुदैन । हाल एफजेडको मूल्य ३ लाख ४४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।
जिक्सर एफआई १५०
विश्व बजारमा स्पोर्टी बाइक, बिग बाइक भन्ने वित्तिकै झल्यास्स दिमागमा आउने ब्रान्ड हो सुजुकी । एसियन बजारमा आफ्नो बजार हिस्सा बढाउदै लगेको सुजुकीलाई भारतमा टीभीएसबाट भएको घातका कारण केही वर्ष अगाडि बढ्न धेरै नै चुनौती थपियो । अन्तर्राष्ट्रिय मान्यताका बीच केही वर्ष नयाँ प्रोडक्ट उत्पादन नगरि बसेको सुजुकीले २०१४ मा नेकेड स्ट्रिट स्पोर्ट बाइक जिक्सर उत्पादन गरेसँगै सुजुकीलाई आफ्नो स्थानलाई थप उचाइमा पुर्याउन निकै सफलता प्राप्त भयो भने सबै कम्पनी सोही प्रबृत्तिको मोटरसाइकल उत्पादनमा गएको देखियो ।
हाल नेपाली बजारमा उपलब्ध जिक्सरमा १५० सीसी क्षमताको सिंगल सिलिन्डरमा एयरकुल्ड इन्जिन र एसईपी प्रविधियुक्त इन्जिन सहित ५ स्पिड गियरबक्स प्रविधिको इन्जिन जडान गरिएको छ । २८००० आरपीएममा १४.१ पीएस पावर रहेको जिक्सरमा ६००० आरपीएममा १३.८ एनएम टर्क जेनेरेट गर्ने क्षमता रहेको छ । एफआई प्रविधिले यसको माइलेजमा निकै टेवा पुर्याएको छ ।
फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जडित जिक्सरमा गियर इन्डिकेटर ड्यासबोर्डमा हेर्न सकिन्छ भने फ्युल गेज, समय, ट्रिपमिटर, किलोमिटर तथा एबीएस सेन्सर इन्डिकेट गर्ने सेन्सर बत्ति देख्न सकिन्छ ।
ड्युअल डिस्क ब्रेक रहेको जिक्सरमा सिंगल च्यानल एबीएस जडित रहेको छ । ७ स्टेप्स सुविधा रहेको स्विङ्गआर्म मोनोसक तथा ४१ एमएम लार्ज डायमिटर फ्रन्ट सकमा टेलिस्कोप प्रविधि प्रयोग गरिएको छ भने एलईडीयुक्त पावरफुल तथा मजवुत हेडल्याम्प तथा टेलल्याम्पको प्रयोगले आकर्षक देखिने गर्दछ । यसमा इलेक्ट्रिक स्टार्टको मात्रै व्यवस्था रहेको छ ।
जापानिज ब्रान्ड भएकै कारणले गर्दा ५ वर्ष वारेन्टी रहेको जिक्सरमा ७० हजार किमी वा ५ बर्ष मध्ये जुन पहिला हुन्छ त्यसलाई आधार बनाएर वारेन्टी प्रदान गर्ने गरिएको छ । हाल जिक्सरको मूल्य ३ लाख ४९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।
माथि उल्लेख गरिएका विशेषताबाट अब नेपालमा आउने तरखरमा रहेका बीएस६ प्रविधिका बाइकमा धेरै भिन्नता देखिए तापनि यी दुई मोडलमा भने अहिले नै धेरै प्रविधिको प्रयोग गरि सकिएको छ । भविष्यमा नेपालमा बीएस६ इन्जिनमा एफजेड तथा जिक्सर मोटरसाइकल आउदै गर्दा हाल बिक्री भइरहेका मोडल भन्दा विशेषताको हिसावमा खासै भिन्नता भएर आउदैनन् ।
अब थपिन सक्ने सुविधा भनेको ब्लुटुथ कनेक्सन, नेभिगेसन तथा बीएस६ प्रविधि मात्रै हुनेछ भने दुबै मोडलमा पीएस तथा टर्क पावरमा भने गिरावट हुनेछ जसको असर राइडिङ पावरमा हुनेछ । यी सबै कारणले गर्दा यी दुई मोटरसाइकल अहिले नै बीएस६ प्रविधिको झल्को दिने खालका छन् भन्न सकिन्छ ।
काठमाडौं – यामाहा एरोक्स १५५ स्कुटरको नेपालमा बिक्री शुरु भएको छ । यामाहा...
नेपाली बजारमा सर्बाधिक बिक्री हुने कारको नाम लिदा सुजुकीको भिटारा ब्रेजा...
नेपाली बजारमा धेरै मोडलका बाइक बिक्रीका लागि उपलब्ध छन् । मूल्य र फिचरका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...