यामाहा एमटी–१५ भी२ को बुकिङ खुल्ला, यस्तो छ मूल्य र विशेषता
काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...
हालै चितवनको नारायणघाटस्थित नवीन अटो सेन्टरबाट यामाहाको स्कुटर किनेका सुजन दाहालले ८३ हजार १६० रुपैयाँ जिते । उनले २०७९ लाई ४० ले गुणन गर्ने अवसर पाएर सो पुरस्कार जितेका हुन् ।
त्यसैगरी भक्तपुरको द ह्विल्स प्रालिबाट राकेश कवाले १ लाख ३ हजार ९५० पाए भने धरानको विजयपुर ट्रेडर्सबाट सिर्जन श्रेष्ठले २ लाख ७ हजार ९ सय रुपैयाँ पाए । उनीहरुले क्रमशः २०७९ लाई ५० र १०० ले गुणन गर्ने अवसर पाएका थिए ।
यस्तै अवसर बुटवलको बुटवल बाइकर्सबाट गणेश पाण्डे र विर्तामोडको सयपत्री ट्रेड लिंकबाट गोमादेवी पाण्डेले पाएर क्रमशः १ लाख ६६ हजार ३२० र १ लाख ३ हजार ९५० रुपैयाँ पाइसकेका छन् ।
यी यस्ता केही उदाहरण मात्र हुन् । यो क्रम अझै जारी छ र लामो समय चल्ने छ ।
नयाँ वर्ष २०७९ भित्रिदै छ । यही मेसोमा विभिन्न कम्पनीले ग्राहकहरुका लागि नयाँ अफर ल्याउने क्रम प्रारम्भ भएको छ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले भने अलि फरक खालको अफर ल्याएको छ र यो प्रभावकारी पनि देखिएको छ । त्यसैगरी ग्राहकहरुले पनि यो अफरको फाइदा भरपुर लिने देखिएको छ ।
नयाँ बर्ष २०७९ लाई आधार मानेर ल्याइएकोे यो ज्याकपट अफरमा ग्राहकले सोही अंकलाई रकम मानेर त्यसलाई १ हजारले गुणन गर्दा प्राप्त हुने वरावरको रकम पुरस्कार पाउने व्यवस्था छ ।
उक्त अफर अन्तर्गत यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्योर सटमा २०७९ लाई ४ ले गुणन गर्दा आउने रकम ८ हजार ३१६ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यसैगरी २०७९ लाई १०० ले गुणन गर्दा आउने रकम २ लाख ७ हजार ९ सय रुपैयाँसम्म हरेक दिन जित्न सकिने छ ।
बम्परमा एकजना भाग्यशाली बिजेताले २० लाख ७९ हजार नगद पुरस्कार पाउन सक्नेछन् । वम्परमा दिइने यो रकम २०७९ लाई १ हजारले गुणन गरी निकालिएको हो ।
यी उपहारको अतिरिक्त ग्राहकले शून्य प्रतिशत व्याजदरमा न्यूनतम मासिक किस्ता भुक्तानी गरेर यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने बताइएको छ ।
काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...
काठमाडौँ – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...
नेपाली बजारमा बिक्री हुने स्कुटर मध्ये १२५ सीसी सेगमेन्टका स्कुटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...