यामाहाले ल्यायाे कार्बन फाइबर ग्राफिक्स र नयाँ फिचर भएको नयाँ आर१५एम मोटरसाइकल

यामाहा मोटर इन्डियाले नयाँ आर१५एम मोटरसाइकल भारतीय बजारमा ल्याएको छ । यसमा नयाँ कार्बन फाइबर ट्रिम भेरिएन्ट उपलब्ध छ । साथै नयाँ फिचर पनि समावेश गरिएको छ।

सो बाइकको कार्बन फाइबर प्याटर्न कार्बन बडीवर्कबाट प्रेरित छ र यसलाई वाटर डिपिङ टेक्नोलोजीको प्रयोग गरी बनाइएको छ । कार्बन फाइबर प्याटर्न बाहेक आर१५एममा ब्ल्याक फेन्डर, ट्याङ्की र साइड फेयरिङमा नयाँ डेकल्सका साथै निलो पाङ्ग्रा उपलब्ध छ ।

नयाँ आर१५एममा शक्तिशाली इन्जिन, इनोभेटिभ फिचर, रेसी डेकल्स र स्पोर्टी कार्बन-फाइबर प्याटर्नले सुसज्जित भएको कम्पनीले जनाएको छ ।

आर१५एममा नयाँ फिचर पनि समावेश गरिएको छ । जसमा टर्न-बाई-टर्न नेभिगेसन फिचरका साथै म्युजिक र भोल्युम कन्ट्रोल फंक्शन पनि उपलब्ध छ । सो फंक्शन वाई-कनेक्ट एप्लिकेसनको प्रयोग मार्फत पनि प्रयोग गर्न सकिन्छ । साथै सो मोडलमा राम्रो स्विचगियर र नयाँ डिजाइन गरिएको एलईडी लाइसेन्स प्लेट लाइट पनि समावेश छ । 

नयाँ आर१५एम मोटरसाइकलमा कुनै मेकानिकल परिवर्तन गरिएको छैन । यसमा १५५ सीसी इन्जिन जडान गरिएको छ, जसले ७५०० आरपीएममा १४.२ एनएम टर्क र १०००० आरपीएममा १८.१० बीएचपीको पावर जेनेरेट गर्छ । सो इन्जिन ६ स्पिड गियरबक्ससँग जोडिएको छ, जसमा स्लिप एण्ड असिस्ट क्लच र क्विकसिफ्टर पनि छ। यसमा यामाहा ट्रयाक्सन कन्ट्रोल र भीभीए पनि उपलब्ध ५ जुन ७४०० आरपीएममा चल्छ ।

सम्बन्धित समाचारहरू

भरतपुरमा खुल्यो यामाहाको नयाँ ब्लु स्क्वायर शोरुम

भरतपुरमा खुल्यो यामाहाको नयाँ ब्लु स्क्वायर शोरुम

चितवन – नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु...

नयाँ इन्जिनसहित लन्च गर्ने तयारीमा यामाहा आरएक्स१००

नयाँ इन्जिनसहित लन्च गर्ने तयारीमा यामाहा आरएक्स१००

यामाहाले चाँडै नै आफ्नो सबैभन्दा लोकप्रिय बाइक आरएक्स१०० बाइक नयाँ इन्जिन...

यामाहा मोटरसाइकल र स्कुटर किन्ने विचार छ ? यस्तो छ नयाँ मूल्य सूची

यामाहा मोटरसाइकल र स्कुटर किन्ने विचार छ ? यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा यामाहा मोटरसाइकल र स्कुटर विभिन्न मोडलमा उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...