यामाहा र हेल्मेट्स नेपाल बिच व्यापारिक सम्झौता, यामाहा शोरुममा हेल्मेट्स नेपालको आउटलेट रहने

काठमाडौं – विगत ९ वर्ष देखि हेल्मेटको मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको ‘हेल्मेट्स नेपाल’ ले यामाहा नेपालसँग व्यापारिक सहकार्यमा सम्झौता गरेको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपाल बिच सम्झौता भएको हो । सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ, जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसरिजहरु उपलब्ध हुने छन् ।

पहिलो चरणमा काठमाडौँका शोरुमहरु टेकु, महाराजगञ्ज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरु रहने छन् । नक्सालस्थित यामाहाको ब्लु स्क्वायर शोरुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने छ ।

आगामी दिनहरुमा यो सुबिधाहरुलाइ थप विस्तार गर्दै लैजाने कुरा हेल्मेट्स नेपालका प्रबन्ध निर्देशक सजल जोशीले बताए ।

यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ कल्चर अझै परिस्कृत रुपमा परिभाषित हुने विश्वास लिइएको छ । ग्राहकहरुले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ एसिसरिजहरुको सुबिधा प्राप्त गर्न सक्नेछन् ।

यस अघि नै आफ्नो दुई अत्याधुनिक शोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेट्स नेपालले अब कुल ६ स्थानहरुबाट सेवा प्रदान गर्नेछ ।

सम्बन्धित समाचारहरू

३ लाख ८० हजारमा आयो एफजेड भी३ स्ट्यान्डर्ड, यस्तो छ फिचर र पर्फमेन्स

३ लाख ८० हजारमा आयो एफजेड भी३ स्ट्यान्डर्ड, यस्तो छ फिचर र पर्फमेन्स

काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...

नक्सालमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो ब्लु स्क्वायर शोरुम

नक्सालमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो ब्लु स्क्वायर शोरुम

काठमाडौ – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता...

हिमालय रोडिज सिजन ७ का विजेतालाई यामाहा मोटरसाइकल हस्तान्तरण

हिमालय रोडिज सिजन ७ का विजेतालाई यामाहा मोटरसाइकल हस्तान्तरण

काठमाडौँ – नेपालकै लोकप्रिय एडभेन्चर रियालिटी शो हिमालय रोडिजको सातौँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...