बर्जर पेन्ट्सले ल्यायो बर्जर फेस्टिभ राइड योजना, पेन्ट किन्दा यामाहा बाइक र स्कुटर जित्न सकिने
काठमाडौं – बर्जर पेन्ट्सले आउनै लागेको महान चाड दशैं र तिहारलाई लक्षित...
यामाहाले आफ्नो लोकप्रिय रेट्रो वाइक एफजेड–एक्समा ५ नयाँ फिचर थप गरेको छ । चीप अभावको समस्याका कारण माग बमोजिम उत्पादन हुन नसकिरहेको यो नयाँ मोटरसाइकलमा यामाहाले ट्रयाक्सन कन्ट्रोल लगायत पिचर अपडेट गरेको हो । यो मोटरसाइकल नेपाली बजारमा समेत सर्वाधिक रुचाइएको मोडल हो ।
एफजेड–एक्स २०२३ मोडलमा यामाहाले प्राय विग सिसी वाइकमा मात्र उपलब्ध हुने ट्रयाक्सन कन्ट्रोल फिचर दिएको छ । साथै यसमा एफजेडएस भी४ मा जस्तै एलइडी साइड व्लिंकर, नयाँ कलर अप्सन, इथानोललाई समेत मिश्रण गरेर चलाउन मिल्ने नयाँ इन्जिन, अन–वोर्ड डाइग्नस्टिक २ फिचर थप भएको छ । यी नयाँ फिचरले यो मोटरसाइकल पहिलेको तुलनामा थप आकर्षक, प्रविधीमैत्री र सुविधासम्पन्न वनेको छ ।
यसअघि कपर र व्ल्याक कलर स्किममा मात्र उपलब्ध रहँदै आएको एफजेड–एक्समा नयाँ कलर डार्क मेट व्लु समेत थप भएको छ । जसको मूल्य कपर र व्ल्याकको तुलनामा १ हजार भारु वढी निर्धारण गरिएको छ । मोटरसाइकलको मूल्य १ लाख ३६ हजार र १ लाख ३७ हजार भारु तोकिएको छ ।
इन्जिन र अन्य फिचर पुरानै मोडलबाट लिइएको छ । यसमा जडान गरिएको १४९ सिसी इन्जिनले १२.४ पिएस पावर र १३.३ एनएम टर्क जेनेरेट गर्छ । वाइकमा सिंगल च्यानल एविएस र स्मार्ट फोन कनेक्टिभिटी फिचर सहितको एलसिडी डिस्प्ले लगायत फिचर पाउन सकिन्छ ।
काठमाडौं – बर्जर पेन्ट्सले आउनै लागेको महान चाड दशैं र तिहारलाई लक्षित...
यामाहाले आफ्ना तीन लोकप्रिय मोडलमा नयाँ कलर थप गरेर २०२४ मोडल लन्च गरेको छ...
यामाहाले रेट्रो लुक भएको १२५ सीसी फेजियो स्कुटर लन्च गरेको छ । सो स्कुटरको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...