यामाहा एफजेड–एक्स १५०, आर१५एम र एरोक्स : सन् २०२२ को पहिलो त्रैमासिकमा नेपाल आउने

काठमाडौं – यामाहाले हालै अन्तर्राष्ट्रिय बजारमा लन्च गरेका दुई मोटरसाइकल एफजेड–एक्स १५० र आर१५एम मोटरसाइकल तथा एरोक्स स्कुटर नेपाली बजारमा पाउनका लागि केही समय कुर्नु पर्ने भएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले यी मोटरसाइक र स्कुटर आगामी २०२२ को पहिलो त्रैमासिकमा नेपाली बजारमा उपलब्ध हुने बताएको छ ।

अन्तर्राष्ट्रिय बजारमा केही महिना परीक्षण गरे पश्चात मात्र यामाहाले नेपाली बजारमा आफ्ना उत्पादन उपलब्ध गराउने भएकाले यी मोटरसाइकल र स्कुटर उपलब्ध हुन केही समय लाग्ने भएको हो । हाल यामाहाले विभिन्न नयाँ मोडलका उत्पादन उपलब्ध गराइरहेको भए पनि यी तीन मोडल भने आगामी दिनमा नेपाल भित्रिने उत्पादनका रुपमा तयारी अवस्थामा रहेका छन् ।

एफजेड–एक्समा १४९ सीसी एफजेडएस–एफआई प्लेटफर्मको इन्जिन प्रयोग गरिएको छ । यसले १२।४ बीएचपी पावर र १३।३ एनएम टर्क जेनेरेट गर्छ ।

इन्जिनका साथ ५–स्पिड गियरबक्स उपलब्ध छ । सस्पेन्सनमा मोनोसकका साथ टेलिस्कोपिक फोर्क्स उपलब्ध छ । ब्रेकिङका लागि सिंगल च्यानल एबीएसका साथ डिस्क ब्रेक दिइएको छ ।

त्यसैगरी यामाहाको एम सिरिजको मोटरसाइकल आर१५एममा पहिलेकै आर१५ मा भएको १५५ सीसी, सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले १८.५ बीएचपी पावर र १४.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स छ भने स्लिपर एन्ड असिस्ट क्लच स्ट्यान्डर्डको रुपमा छ ।

त्यसैगरी एरोक्स १५५ यामाहाको नयाँ म्याक्सी स्कुटर हो । यो हाल सबैभन्दा पावरफुल स्कुटर मानिन्छ । यसमा १५५ सीसीको सिंगल सिलिन्डर, लिक्विडकुल्ड इन्जिन छ, जसमा यामाहाको भेरिएबल भल्व एक्चुएसन (भीभीए) टेक्नोलोजीको प्रयोग गरिएको छ । यसले १५ एचपी पावर र १३.९ एनएम टर्क जेनेरेट गर्छ ।

नेपाली बजारमा उपलब्ध भएमा यी मोटरसाइकल र स्कुटरले फरक पहिचान कायम गर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

मोटोजीपी अवलोकनका लागी यामाहा नेपालले पठायो ९ जना राइडरलाई भारत

मोटोजीपी अवलोकनका लागी यामाहा नेपालले पठायो ९ जना राइडरलाई भारत

काठमाडौं– भारतमा आयोजना हुने पहिलो मोटोजीपी अवलोकनका लागी ९ जना राइडर...

महासंघ पछि परिसंघको नेतृत्वमा पनि अटोमोबाइल व्यवसायी, विष्णु अग्रवाल बने परिसंघको अध्यक्ष

महासंघ पछि परिसंघको नेतृत्वमा पनि अटोमोबाइल व्यवसायी, विष्णु अग्रवाल बने परिसंघको अध्यक्ष

उद्योगी एवं व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको...

यामाहा जेन्युइन स्पेयर पार्ट्स अब दराजमा पनि उपलब्ध

यामाहा जेन्युइन स्पेयर पार्ट्स अब दराजमा पनि उपलब्ध

काठमाडौं – यामाहा नेपालले ग्राहकमैत्री कदम चालेको छ । जसअनुसार अब यामाहा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...