नयाँ फिचरसहित आउँदैछ २०२२ यामाहा एमटी–१५
यामाहाले युवाहरुका बीच लोकप्रिय बाइक एमटी–१५ लाई फेरि नयाँ लुक र फिचर सहित...
काठमाडौं – यामाहाले हालै अन्तर्राष्ट्रिय बजारमा लन्च गरेका दुई मोटरसाइकल एफजेड–एक्स १५० र आर१५एम मोटरसाइकल तथा एरोक्स स्कुटर नेपाली बजारमा पाउनका लागि केही समय कुर्नु पर्ने भएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले यी मोटरसाइक र स्कुटर आगामी २०२२ को पहिलो त्रैमासिकमा नेपाली बजारमा उपलब्ध हुने बताएको छ ।
अन्तर्राष्ट्रिय बजारमा केही महिना परीक्षण गरे पश्चात मात्र यामाहाले नेपाली बजारमा आफ्ना उत्पादन उपलब्ध गराउने भएकाले यी मोटरसाइकल र स्कुटर उपलब्ध हुन केही समय लाग्ने भएको हो । हाल यामाहाले विभिन्न नयाँ मोडलका उत्पादन उपलब्ध गराइरहेको भए पनि यी तीन मोडल भने आगामी दिनमा नेपाल भित्रिने उत्पादनका रुपमा तयारी अवस्थामा रहेका छन् ।
एफजेड–एक्समा १४९ सीसी एफजेडएस–एफआई प्लेटफर्मको इन्जिन प्रयोग गरिएको छ । यसले १२।४ बीएचपी पावर र १३।३ एनएम टर्क जेनेरेट गर्छ ।
इन्जिनका साथ ५–स्पिड गियरबक्स उपलब्ध छ । सस्पेन्सनमा मोनोसकका साथ टेलिस्कोपिक फोर्क्स उपलब्ध छ । ब्रेकिङका लागि सिंगल च्यानल एबीएसका साथ डिस्क ब्रेक दिइएको छ ।
त्यसैगरी यामाहाको एम सिरिजको मोटरसाइकल आर१५एममा पहिलेकै आर१५ मा भएको १५५ सीसी, सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले १८.५ बीएचपी पावर र १४.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स छ भने स्लिपर एन्ड असिस्ट क्लच स्ट्यान्डर्डको रुपमा छ ।
त्यसैगरी एरोक्स १५५ यामाहाको नयाँ म्याक्सी स्कुटर हो । यो हाल सबैभन्दा पावरफुल स्कुटर मानिन्छ । यसमा १५५ सीसीको सिंगल सिलिन्डर, लिक्विडकुल्ड इन्जिन छ, जसमा यामाहाको भेरिएबल भल्व एक्चुएसन (भीभीए) टेक्नोलोजीको प्रयोग गरिएको छ । यसले १५ एचपी पावर र १३.९ एनएम टर्क जेनेरेट गर्छ ।
नेपाली बजारमा उपलब्ध भएमा यी मोटरसाइकल र स्कुटरले फरक पहिचान कायम गर्ने अनुमान गरिएको छ ।
यामाहाले युवाहरुका बीच लोकप्रिय बाइक एमटी–१५ लाई फेरि नयाँ लुक र फिचर सहित...
काठमाडौं – सरकारले ल्याएको प्रतिस्थापन आर्थिक बिधेयकले सर्बाधिक खपत हुने...
काठमाडौं — राजधानीको भृकुटीमण्डपमा यामाहाको ‘महा एक्सचेन्ज मेला’सुरू...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...