यामाहा एफजेड–एस एफआई अब हाइब्रिड इन्जिनमा पनि, यस्तो छ फिचर र मूल्य

यामाहाले भारतमा एफजेड–एस एफआई हाइब्रिड लन्च गरेको छ । १ लाख ४५ हजार भारु मूल्य तोकेर बिक्री सुरु गरिएको एफजेड–एस एफआई यामाहाको पहिलो हाईब्रिड मोटरसाइकल हो ।

यस मोटरसाइकलमा याहामा फेसिनो स्कुटरको जस्तै हाइब्रिड टेक्नोलोजी दिइएको छ । जसलाई यामाहाले २०२५ को भारत मोबिलिटी ग्लोबल एक्सपोमा प्रदर्शन गरेको थियो ।

एफजेड–एस एफआई हाइब्रिड १४९ सीसी, सिंगल–सिलिन्डर इन्जिनद्वारा संचालित छ जुन इन्टिग्रेटेड स्टार्टर जेनरेटर (आइएसजी) सँग जोडिएको छ । यसले १२.३ बिएचपी पावर र १३.३ एनएम टर्क जेनेरेट गर्दछ । साथै यस नयाँ मोटरसाइकलमा स्टप–एन्ड–स्टार्ट सिस्टम समेत राखिएको छ ।

यामाहाले एफजेड–एस हाइब्रिडमा केही एर्गोनोमिक परिवर्तनहरू पनि गरेको छ । कम्पनीका अनुसार संशोधित ह्यान्डलबार पोजिसनले यस मोटरसाइकलाई अझै आरामदायी बनाउको छ भने, नयाँ स्विचगियर प्रयोग गर्न सजिलो छ । यामाहाले यस बाइकको इन्धन ट्याङ्कीमा नयाँ क्याप समेत दिएको छ ।

एफजेड–एस एफआई हाइब्रिडमा ४.२ इन्चको रंगीन टिएफटी इन्स्ट्रुमेन्ट कन्सोल राखिएको छ । जसलाई वाई–कनेक्ट एप प्रयोग गरेर स्मार्टफोनमा जडान गर्न सकिन्छ । जसले गर्दा राइडरले टर्न–बाई–टर्न नेभिगेसनलाई प्रयोगमा ल्याउन सक्नेछन् ।

सम्बन्धित समाचारहरू

यी हुन् तत्काल मूल्य वृद्धि हुने मोटरसाइकल तथा स्कुटर, एउटै मोडलमा ४० हजार सम्म बढ्ने

यी हुन् तत्काल मूल्य वृद्धि हुने मोटरसाइकल तथा स्कुटर, एउटै मोडलमा ४० हजार सम्म बढ्ने

काठमाडौं – सरकारले ल्याएको प्रतिस्थापन आर्थिक बिधेयकले सर्बाधिक खपत हुने...

यामाहाले ल्यायो फेस्टिभल अफर, बम्परमा १२ तोला सुन जित्न सकिने

यामाहाले ल्यायो फेस्टिभल अफर, बम्परमा १२ तोला सुन जित्न सकिने

काठमाडौं – यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले...

नेपाली नारीको रोजाइमा पर्न सफल ५ स्कुटर ब्रान्ड

नेपाली नारीको रोजाइमा पर्न सफल ५ स्कुटर ब्रान्ड

केही बर्षअघिसम्म नेपालमा नारीलाई घरबाहिर निस्कन निकै सकस हुने अबस्था थियो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...