यस्तो आकर्षक कलर र स्टाइलमा आउँदै छ यामाहा आर१५एम
यामाहाले हाल बजारमा उपलब्ध आर१५ को नयाँ भर्सन कस्तो ल्याउला भन्ने समाचार...
नेपाली युवा राइडरले निकै नै रुचाएको मोटरसाइकल हो यामाहा एफजेड २५ । न्याकेड डिजाइनको यो मोटरसाइकलमा २५० सिसी क्षमताको पावरफुल एफआई इन्जिन जडान गरिएको छ । डुअल च्यानल एविएस दिइएको एफजेड२५ को मूल्य ४ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ । जुन यहि सेग्मेन्टका अन्य मोटरसाइकलको तुलनमा एकदमै प्रतिस्पर्धी हो ।
विएस४ स्ट्यान्डर्डको यो मोटरसाइकलको पावर २०.९ पिएस र टर्क २०.१ एनएम रहेको छ । यसमा ५ स्पिड गियर वक्स जडान गरिएको छ भने मोटरसाइकलको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा रहेको छ । यसको अगाडी टेलिस्कोपिक फर्क र पछाडी ७ स्टेपमा एड्जस्ट गर्न मिल्ने मोनोक्रस सस्पेन्सन दिइएको छ । वाइकको ग्राउन्ड क्लिरियन्स १६० एमएम छ भने तौल १४८ किलोग्राम छ ।
यो वाइकमा डिजिटल इन्स्ट्रयूमेन्ट क्लस्टर, एलइडी हेडलाइट, स्लिक एलइडी टेललाइट, एरोडाइनामिक फ्रन्ट कावल, दुवै चक्कामा डिस्क व्रेक, डुअल हर्न र आरामदायी स्प्लिट सिट पाउन सकिन्छ । यो वाइकले नेपाली बजारमा सुजुकी जिक्सर २५० र वजाज पल्सपर एन २५० लगायतसंग प्रतिस्पर्धा गरिरहेको छ ।
यामाहाले हाल बजारमा उपलब्ध आर१५ को नयाँ भर्सन कस्तो ल्याउला भन्ने समाचार...
काठमाडौं – यामाहा एरोक्स १५५ स्कुटरको नेपालमा बिक्री शुरु भएको छ । यामाहा...
जापनिज टु ह्विलर निर्माता यामाहाले दुईवटा फ्यूल ट्यांक भएको नयाँ अफरोड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...