व्यवसायी पवन घिमिरेले किने ३५ लाख मूल्यको यामाहा बोल्ट
काठमाडौं – यामाहाको नेपालमा उपलब्ध महंगो मोटरसाइकल मध्ये एक यामाहा बोल्ट...
भारतीय बजारमा यामाहाको नयाँ नियो रेट्रो मोटरसाइकल यामाहा एफजेड–एक्स लन्च भएको छ । पहिले देखि नै विभिन्न मिडियाहरुमा तस्बिर सार्वजनिक भएको र डिलरहरुले बुकिङ लिन शुरु गरेको सो बाइक भर्चुअल लन्च गरिएको हो ।
यामाहा एसएक्सआर १२५ बाइकको डिजाइनबाट प्रभावित एफजेड–एक्समा १४९ सीसी एफजेडएस–एफआई प्लेटफर्मको इन्जिन प्रयोग गरिएको छ । यसले १२.४ बीएचपी पावर र १३.३ एनएम टर्क जेनेरेट गर्छ ।
इन्जिनका साथ ५–स्पिड गियरबक्स उपलब्ध छ । सस्पेन्सनमा मोनोसकका साथ टेलिस्कोपिक फोर्क्स उपलब्ध छ । ब्रेकिङका लागि सिंगल च्यानल एबीएसका साथ डिस्क ब्रेक दिइएको छ ।
यसको रेट्रो डिजाइन ल्यांग्वेजमा राउन्ड हेडल्याम्प, टियर ड्रप आकारको फ्युल ट्यांक, टक एन्ड रोल सिट, इन्टिग्रेटेड ग्र्याबरेल र फ्रन्ट फोर्क्सका लागि हाइलाइट गरिएको छ । त्यसैगरी एलईडी डीआरएलका साथ बाई–फङ्सनल एलईडी हेडलाइट, स्लिक एलईडी टेललाइट, ब्ल्याक आउट मेकानिकल बिट्स, ब्ल्याक अलोय ह्विल र अपस्वेप्ट एक्जस्ट दिइएको छ ।
यसमा सिल्भर हेडल्याम्प ब्राकेट र सिल्भर प्यानलको प्रयोग गरिएको छ । यसले मोटरसाइकलको समग्र लुकलाई अझै राम्रो बनाएको छ । यसमा अग्लो ह्यान्डलबार र न्युट्रल सेट फुटपेग उपलब्ध छ । यसबाट लामो दुरीको यात्रामा सहज हुन्छ । उबडखाबड सडकमा सहज यात्राका लागि ब्ल्याक प्याटर्न टायरको प्रयोग गरिएको छ ।
यसमा भएको एलसीडी क्लस्टरमा स्पिड, टेकोमिटर, ट्रिपमिटर, ओडोमिटर, फ्युल गेज, एबीएस इन्डिकेटर जस्ता महत्वपूर्ण जानकारी उपलब्ध हुन्छ । यसमा भएको वाई कनेक्ट स्मार्टफोन एपको सहयोगले ब्लुटुथसँग कनेक्ट गर्न सकिन्छ । यसबाट विभिन्न सूचना प्राप्त गर्न सकिन्छ ।
यामाहा एफजेड–एक्सको इन्ट्री लेवल भेरिएन्टको मूल्य १ लाख १६ हजार८ सय र ब्लुटुथ टेक्नोलोजीयुक्त भेरिएन्टको मूल्य १ लाख १९ हजार ८ सय भारु तोकिएको छ । यो विभिन्न तीन कलर अप्सनमा उपलब्ध हुनेछ ।
नेपाली बजारमा पनि यो मोटरसाइकल केही समय पछि आउन सक्ने अनुमान गर्न सकिनछ ।
काठमाडौं – यामाहाको नेपालमा उपलब्ध महंगो मोटरसाइकल मध्ये एक यामाहा बोल्ट...
काठमाडौं – यामाहाले देशभरका शोरुममा एकसाथ एक्सचेन्ज मेला आयोजना गर्ने...
यामाहाले भारतमा एमटी–१५ मोन्स्टर इनर्जी यामाहा मोटोजीपी एडिसन लन्च गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...