यी ६ स्थानमा मन्सुन अफरसहित यामाहाको एक्सचेन्ज क्याम्प
यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले हिँजोदेखी...
भारतीय बजारमा यामाहाको नयाँ नियो रेट्रो मोटरसाइकल यामाहा एफजेड–एक्स लन्च भएको छ । पहिले देखि नै विभिन्न मिडियाहरुमा तस्बिर सार्वजनिक भएको र डिलरहरुले बुकिङ लिन शुरु गरेको सो बाइक भर्चुअल लन्च गरिएको हो ।
यामाहा एसएक्सआर १२५ बाइकको डिजाइनबाट प्रभावित एफजेड–एक्समा १४९ सीसी एफजेडएस–एफआई प्लेटफर्मको इन्जिन प्रयोग गरिएको छ । यसले १२.४ बीएचपी पावर र १३.३ एनएम टर्क जेनेरेट गर्छ ।
इन्जिनका साथ ५–स्पिड गियरबक्स उपलब्ध छ । सस्पेन्सनमा मोनोसकका साथ टेलिस्कोपिक फोर्क्स उपलब्ध छ । ब्रेकिङका लागि सिंगल च्यानल एबीएसका साथ डिस्क ब्रेक दिइएको छ ।
यसको रेट्रो डिजाइन ल्यांग्वेजमा राउन्ड हेडल्याम्प, टियर ड्रप आकारको फ्युल ट्यांक, टक एन्ड रोल सिट, इन्टिग्रेटेड ग्र्याबरेल र फ्रन्ट फोर्क्सका लागि हाइलाइट गरिएको छ । त्यसैगरी एलईडी डीआरएलका साथ बाई–फङ्सनल एलईडी हेडलाइट, स्लिक एलईडी टेललाइट, ब्ल्याक आउट मेकानिकल बिट्स, ब्ल्याक अलोय ह्विल र अपस्वेप्ट एक्जस्ट दिइएको छ ।
यसमा सिल्भर हेडल्याम्प ब्राकेट र सिल्भर प्यानलको प्रयोग गरिएको छ । यसले मोटरसाइकलको समग्र लुकलाई अझै राम्रो बनाएको छ । यसमा अग्लो ह्यान्डलबार र न्युट्रल सेट फुटपेग उपलब्ध छ । यसबाट लामो दुरीको यात्रामा सहज हुन्छ । उबडखाबड सडकमा सहज यात्राका लागि ब्ल्याक प्याटर्न टायरको प्रयोग गरिएको छ ।
यसमा भएको एलसीडी क्लस्टरमा स्पिड, टेकोमिटर, ट्रिपमिटर, ओडोमिटर, फ्युल गेज, एबीएस इन्डिकेटर जस्ता महत्वपूर्ण जानकारी उपलब्ध हुन्छ । यसमा भएको वाई कनेक्ट स्मार्टफोन एपको सहयोगले ब्लुटुथसँग कनेक्ट गर्न सकिन्छ । यसबाट विभिन्न सूचना प्राप्त गर्न सकिन्छ ।
यामाहा एफजेड–एक्सको इन्ट्री लेवल भेरिएन्टको मूल्य १ लाख १६ हजार८ सय र ब्लुटुथ टेक्नोलोजीयुक्त भेरिएन्टको मूल्य १ लाख १९ हजार ८ सय भारु तोकिएको छ । यो विभिन्न तीन कलर अप्सनमा उपलब्ध हुनेछ ।
नेपाली बजारमा पनि यो मोटरसाइकल केही समय पछि आउन सक्ने अनुमान गर्न सकिनछ ।
यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले हिँजोदेखी...
पुराना स्कुटरको युग सकिएपछि हाल नयाँ प्रविधियुक्त स्कुटरले आफ्नो छुट्टै...
यामाहाको बहुप्रतिक्षित इलेक्ट्रिक स्कुटर ई०१ को तस्बिर पहिलोपटक बाहिर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...