यामाहाले ल्यायो भ्यालेन्टाइन स्कीम, यस्तो छ छुट र सुविधा
यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडव्लू इन्टरप्राइजेजले...
काठमाडौं– नेपालमा यामाहाको फ्युल इन्जेक्सन(एफआई) प्रविधी जडित मोटरसाइकल तथा स्कुटरको बिक्री २ लाख नाघेको छ । यामाहाले सन् २००८ देखी यो प्रविधीमा आधारित मोटरसाइकल तथा स्कुटर नेपाल ल्याउन थालेको र १५ वर्षको यो अवधीमा २ लाख भन्दा बढी यस्ता मोटरसाइकल तथा स्कुटर बिक्री भएको आधिकारिक वितरक एमएडव्लु इन्टरप्राइजेजले बताएको छ ।
मोटरसाइकल तथा स्कुटरमा फ्युल इन्जेक्सन(एफआई) प्रविधी प्रयोग गर्ने मामलामा यामाहालाई इन्डस्ट्रिकै पायोनियर मानिन्छ । आधुनिक प्रबिधीमा आधारित यो इन्जिन जडित मोटरसाइकल र स्कुटरले उच्च माइलेज प्रदान गर्ने कारण नेपालमा यो व्राण्डको एफआई मोडल सफल वनेको हो ।

साथै यो इन्जिन निकै नै पावरफुल हुने कारण उच्च पर्फमेन्सका लागी समेत उपयुक्त मानिन्छ । हाल यामाहाका प्राय सवैजसो मोडल एफआई इन्जिनमा उपलब्ध छन् । एफआई इन्जिकै कारण यामाहा नेपाली बजारमा सर्बाधिक विक्री हुने मध्येको एक अग्रणी टु ह्विलर ब्रन्ड वन्न सफल भएको कम्पनी स्रोतको भनाई छ ।
एफआई प्रविधीमा आउन सक्ने समस्यालाई मध्येनजर गर्दै कम्पनीले १०० भन्दा बढी एफआई स्टेशन समेत विस्तार गरिसकेको छ । यामाहाका प्राय सवैजसो आधिकारिक सर्भिस सेन्टरमा छुट्टै एफआई स्टेशनको व्यवस्था मिलाइएको छ ।
एफआई मोटरसाइकल उपलब्ध गराउन थालेको १५ वर्ष पार गरेको अवसरमा कम्पनीले आफ्नो लोकप्रिय मोडल एफजेड एफआई भी३ को स्ट्यान्डर्ड र डिलक्स भेरिएन्टमा १० वर्ष वारेन्टि प्रदान गर्ने बताएको छ ।
यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडव्लू इन्टरप्राइजेजले...
यामाहाको बहुप्रतिक्षित इलेक्ट्रिक स्कुटर ई०१ को तस्बिर पहिलोपटक बाहिर...
यामाहाले एमटी–०९ मोटरसाइकलमा नयाँ वाई–एएमटी सिस्टम उपलब्ध हुने घोषणा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...