एफआई प्रविधीका २ लाख बढी यामाहा वाइक नेपाली सडकमा, एफजेड भी३ मा अब १० वर्ष वारेन्टि

काठमाडौं– नेपालमा यामाहाको फ्युल इन्जेक्सन(एफआई) प्रविधी जडित मोटरसाइकल तथा स्कुटरको बिक्री २ लाख नाघेको छ । यामाहाले सन् २००८ देखी यो प्रविधीमा आधारित मोटरसाइकल तथा स्कुटर नेपाल ल्याउन थालेको र १५ वर्षको यो अवधीमा २ लाख भन्दा बढी यस्ता मोटरसाइकल तथा स्कुटर बिक्री भएको आधिकारिक वितरक एमएडव्लु इन्टरप्राइजेजले बताएको छ ।

मोटरसाइकल तथा स्कुटरमा फ्युल इन्जेक्सन(एफआई) प्रविधी प्रयोग गर्ने मामलामा यामाहालाई इन्डस्ट्रिकै पायोनियर मानिन्छ । आधुनिक प्रबिधीमा आधारित यो इन्जिन जडित मोटरसाइकल र स्कुटरले उच्च माइलेज प्रदान गर्ने कारण नेपालमा यो व्राण्डको एफआई मोडल सफल वनेको हो ।

साथै यो इन्जिन निकै नै पावरफुल हुने कारण उच्च पर्फमेन्सका लागी समेत उपयुक्त मानिन्छ । हाल यामाहाका प्राय सवैजसो मोडल एफआई इन्जिनमा उपलब्ध छन् । एफआई इन्जिकै कारण यामाहा नेपाली बजारमा सर्बाधिक विक्री हुने मध्येको एक अग्रणी टु ह्विलर ब्रन्ड वन्न सफल भएको कम्पनी स्रोतको भनाई छ ।

एफआई प्रविधीमा आउन सक्ने समस्यालाई मध्येनजर गर्दै कम्पनीले १०० भन्दा बढी एफआई स्टेशन समेत विस्तार गरिसकेको छ । यामाहाका प्राय सवैजसो आधिकारिक सर्भिस सेन्टरमा छुट्टै एफआई स्टेशनको व्यवस्था मिलाइएको छ ।

एफआई मोटरसाइकल उपलब्ध गराउन थालेको १५ वर्ष पार गरेको अवसरमा कम्पनीले आफ्नो लोकप्रिय मोडल एफजेड एफआई भी३ को स्ट्यान्डर्ड र डिलक्स भेरिएन्टमा १० वर्ष वारेन्टि प्रदान गर्ने बताएको छ ।

सम्बन्धित समाचारहरू

पोखरामा भएको माइलेज च्यालेन्जमा यामाहा रे–जेडआरले दियो ७९ किलोमिटर माइलेज

पोखरामा भएको माइलेज च्यालेन्जमा यामाहा रे–जेडआरले दियो ७९ किलोमिटर माइलेज

पोखरा– यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडव्लू...

नयाँ कलर स्किममा आयो यामाहा आर१५, यस्ता छन् थप भएका अन्य फिचर

नयाँ कलर स्किममा आयो यामाहा आर१५, यस्ता छन् थप भएका अन्य फिचर

यामाहाले आफ्नो लोकप्रिय इन्ट्रि लेवल स्पोर्ट वाइक आर१५ मा नयाँ फिचर थप...

सुपर लिगमा काठमाडौं रेजर्सको तयारी, विकेश कुथु मार्की प्लेयर र बाल गोपाल महर्जन मुख्य प्रशिक्षक

सुपर लिगमा काठमाडौं रेजर्सको तयारी, विकेश कुथु मार्की प्लेयर र बाल गोपाल महर्जन मुख्य प्रशिक्षक

काठमाडौं – नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजना र एन्फाको प्राविधिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...