नयाँ वर्षको अवसरमा देशभरका सोरुममा यामाहा एक्सचेन्ज एन्ड अपग्रेड गरिने

काठमाडौं – यामाहाले देशभरका शोरुममा एकसाथ एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । अँग्रेजी नयाँ वर्ष २०२२ को सन्दर्भ पारेर यामाहाले एक्स्चेन्ज मेला गर्न लागेको हो । कम्पनीले आगामी डिसेम्बर २६ देखि ३१ तारिख अर्थात पुस ११ देखि १६ गतेसम्म देशभरका सोरुममा एक्सचेन्ज एन्ड अपग्रेड कार्यक्रम गर्ने भएको छ ।

मेला अवधिभर नगद ७ हजार रुपैयाँ छुटसहित एसेसरिज निःशुल्क उपलब्ध हुनेछ । कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा अतिरिक्त १० हजार रुपैयाँ मूल्यांकन गरिने कम्पनीको भनाइ छ । शून्य प्रतिशत ब्याजदरमा अन द स्पट फाइनान्स सुविधा, न्युनतम डाउन पेमेन्ट र न्यूनतम किस्ता सुविधामा यामाहा खरिद गर्ने अवसर मेला अवधिभर ग्राहकले पाउनेछन् ।

नेपाली बजारमा यामाहाका विभिन्न मोडलका मोटरसाइकल र स्कुटर रहेका छन् । यामाहाले नयाँ वर्षमा ब्रान्ड न्यु यामाहा चढ्ने अवसर प्रदान गरेको र त्यही अनुसार नयाँ मोटरसाइकल चढ्न सबैलाई अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरू

मूल्य वृद्धिमा यामाहाले उछिन्यो होन्डा, टीभीएस र बजाजलाई, स्कुटरमा सबैभन्दा बढी वृद्धि

मूल्य वृद्धिमा यामाहाले उछिन्यो होन्डा, टीभीएस र बजाजलाई, स्कुटरमा सबैभन्दा बढी वृद्धि

टु ह्विलर सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका बजाज, टीभीएस, यामाहा र...

२५ प्रतिशत डाउनपेमेन्ट अफर गर्दा पनि छैनन् मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक

२५ प्रतिशत डाउनपेमेन्ट अफर गर्दा पनि छैनन् मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक

वैंक तथा वित्तीय संस्थामा तरलता अभाव चर्किएसँगै ओरालो लागेको टु ह्विलर...

यामाहा नेपालले बनाउँदै छ हरेक राइडलाई लभ स्टोरी, यसरी बन्नुस् सहभागी

यामाहा नेपालले बनाउँदै छ हरेक राइडलाई लभ स्टोरी, यसरी बन्नुस् सहभागी

काठमाडौं – यामाहा नेपालले आफ्नो प्रत्येक राइडलाई लभ स्टोरी बनाउन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...