जापानमा यामाहाको नयाँ इलेक्ट्रिक स्कुटरको पेटेन्ट डिजाइन सार्वजनिक
यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने तयारी गरिरहेको छ। सो...
काठमाडौं–यामाहा नेपालको आयोजनामा जुलाई २७ देखि ३१ सम्म थाइल्याण्डको पटायामा ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ सुरु भएको छ । उक्त सम्मेलनमा सहभागी हुन यामाहा नेपालका देशभरका साझेदारहरू त्यसतर्फ प्रस्थान गरेका छन् ।
यस कार्यक्रमले देशभर रहेका यामाहा साझेदारहरूलाई एकै स्थानमा भेला गराएर उत्सव, सिकाई तथा साझा भविष्यको दृष्टिकोणलाई अघि बढाउने अपेक्षा गरिएको छ । यसलाई यामाहा नेपालको नेटवर्कले योजना गरेको अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण कार्यक्रमहरूमध्ये एकको रूपमा हेरिएको छ ।
एमएडब्लु राइड्स प्रालिका अध्यक्ष विष्णु कुमार अग्रवाल यामाहा नेपाल टिम र डिलरहरूसँगै यस कार्यक्रममा सहभागी हुन थाइल्यान्ड प्रस्थान गरेका हुन् ।
यस कार्यक्रममा यामाहा मोटरका अध्यक्ष हाजिमे आओटाको विशेष उपस्थिति रहने बताइएको छ । उनको सहभागिताले यामाहाले नेपालसँगको साझेदारीलाई दिएको महत्वलाई स्पष्ट पार्ने कम्पनीको भनाई छ । साथै, यस कार्यक्रमले नेपालका साझेदारहरूलाई यामाहाको विश्वव्यापी नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने तथा भविष्यमा ब्रान्डले लिने रणनीतिक दिशाबारे जानकारी हासिल गर्ने अवसर पनि प्रदान गर्ने विश्वास लिइएको छ ।
कम्पनकिा अनुृसार, कार्यक्रमको मूल नाराअनुसार ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ यामाहा नेपाल र यसका साझेदारबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै नयाँ लक्ष्य र अवसरतर्फ साझा रूपमा अघि बढ्ने उद्देश्यमा केन्द्रित रहेको छ । कार्यक्रमअन्तर्गत सञ्चालन हुने विभिन्न सत्र तथा विशेष समारोहमार्फत नेपाली साझेदारहरूको योगदानको सम्मान गरिनुका साथै आगामी वर्षको साझा विकास यात्राका लागि स्पष्ट दिशासमेत तय गरिनेछ ।
पार्टनर्स मिट २०२६ औपचारिक रूपमा सुरु भएसँगै यामाहा नेपाल र यसका साझेदारहरू नयाँ ऊर्जा, थप स्पष्ट साझा लक्ष्य र आगामी यात्राप्रतिको दृढ प्रतिबद्धतासहित स्वदेश फर्किने तथा आउँदा वर्षहरूमा अझ सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...